प्रेमील तीन मुक्तक
नवराज सुब्बा — एक — अब एक्लै यसरी आफैसित रुँदिन नहेर एकोहोरो अब म तिम्रो हुँदिन बिन्ति आँखा नजुधाऊ प्रिय मसित यी हातले अब तिम्रो तस्बीर छुँदिन । — दुई — तस्वीरमा झैं म सधैं राम्रो भएको भए कवितामा झैं यौवन नओइलाएको भए प्रेम पनि अमर कहाँ हुन्थ्यो होला प्रिय ! तिमीलाई साँच्चै आफ्नै बनाएको भए । — तीन — नदिमा नबगेको अलिकति पानी छ जतासुकै हत्तपत्त नमिसिने बानी छ त्यति नपोखिएको सायद चुहिएको कुनै बेला गर्नलार्ई मसित कुराकानी छ…