Browsed by
Category: जनस्वास्थ्य

Public Health Articles on contemporary issues of Nepal

Marijuana brings no prosperity for the country

Marijuana brings no prosperity for the country

गाँजा खेतीले देशमा समृद्धि कदापि आउँदैन ! – डा. नवराज सुब्बा आजकल नेपालमा केही गैरसरकारी संस्थाले सांसदलाई समेत प्रभावित पारेर गाँजा खेती गरेर देशलाई समृद्ध बनाउने भ्रामक खेतीमा देशलाई धेकेल्दै छन् । गाँजा नशालु दुर्व्यशनकारक वस्तु हो । भलै शिवरात्रीमा यसको प्रयोग हुन्छ, यसको औषधीय गुण आयुर्वेदमा ग्राह्य मानिन्छ तर खेती गरेर देशलाई समृद्ध बनाउँछु भन्नु मानिसलाई विदेशमा बेचेर रेमिटेन्सले देश धनि बनाउँछु भन्ने विदेशी चालकै एक रुप हो । आज धनि देशले गरिव देशको साधनस्रोतलाई युद्ध नगरी यी यस्तै…

Read More Read More

कोरोना कोभिड-१९ महामारीको मनोवैज्ञानिक असर र प्रभाव

कोरोना कोभिड-१९ महामारीको मनोवैज्ञानिक असर र प्रभाव

– डा. नवराज सुब्बा महामारी, विपद आइपर्दा मानिसमा असामान्य व्यवहार देखिन्छ । शारीरिक र मानसिक दुवै अवस्था प्रभावित हुन्छन् । यो बढी नकारात्मक नै हुन्छ । मानसिक हिसाबले मानिस आफूकेन्द्रीत परिवारकेन्द्रीत हुन्छन् । यस विषयमा स्ट्रङ (१९९०) ले महामारी मनोविज्ञानबारे अध्ययन र चर्चा गरेका छन् । उनले महामारीमा उत्पन्न हुने खतरनाक विश्वव्यापी विकृति भेदभाव (स्टिग्मा) लाई औंल्याएका छन् । विश्वव्यापी महामारी एचआईभी एड्स, ईबोला आदिको अध्ययनक्रममा उनले मानिस यसबेला एउटा जटिल मनोवैज्ञानिक प्रक्रियामा गुज्रन्छ । पहिलो अवस्था, मानिसले सामना गर्ने…

Read More Read More

क्षयरोगमा नियन्त्रण गुम्नु भनेको नीतिको हैन नेताको असफलता हो

क्षयरोगमा नियन्त्रण गुम्नु भनेको नीतिको हैन नेताको असफलता हो

डा. नवराज सुब्बा नेपालमा क्षयरोगको अवस्थाबारे विश्व स्वास्थ्य संगठनको संलग्नतामा गरिएको एक अध्ययन (२०१९) को नतिजा हालसालै सार्वजनिक भएको छ । जसअनुसार नेपालमा क्षयरोगको अवस्था र यसको व्यवस्थापन कार्यक्रम नियन्त्रण बाहिर गएको छ । अर्थात् क्षयरोगीको संख्या अत्यधिक मात्रामा बढ्दै गएको छ । रोग नियन्त्रणमा राज्यले गरेका प्रयास निस्प्रभावी भएका छन् । यस्तै दुःखद खबर सुन्न हामी नेपाली बाध्य हुनुपरेको छ । अब यसको जिम्मेवारी क–कसले लिने हो ? उक्त प्रतिवेदन अनुसार वर्षेनी क्षयरोगीको मृत्युदर बढ्दो छ र मृत्यु संख्या…

Read More Read More

फगिङ मेसिन भोट मेसिन नबनोस्

फगिङ मेसिन भोट मेसिन नबनोस्

डा. नवराज सुब्बा लामखुट्टे नियन्त्रण गर्न मेसिन वितरण भएको समाचार एक अनलाइन पत्रिकामा प्रकाशित छ (Our Biratnagar, 2019) । लामखुट्टेको टोकाईबाट बच्नलाई हो वा लामखुट्टेबाट सर्ने रोगबाट बच्नको लागि मेसिनको व्यवस्था भएको भन्ने कुरा समाचारमा स्पष्ट छैन । ३० थान फगिङ मेशीन वितरण गरिएको छ । विरानगरलाई ६ थान, बेलबारीलाई ३ थान तथा गाउपालिकालाई २ थानका दरले वितरण भएको देखेर यो पङतिकार अचम्ममा परेको छ । हिजो आफू जिल्ला जनस्वास्थ्य कार्यालयमा रहँदाको एउटा अनुभव बाँड्न खोज्दैछु । उसबेला मोरङमा जम्मा…

Read More Read More

दुर्गम स्थानमा गाउँघर क्लिनिक

दुर्गम स्थानमा गाउँघर क्लिनिक

चैत्र १८, २०६९ । मोरङ राजघाटमा जनश्रमदान, जिल्ला विकास समिति र बि.एन.एम.टि. को सहयोगमा गाउँघर क्लिनिक भवन निर्माण गरिएको छ । करिव १ लाख ५५ हजारको लागतमा राजघाट वडा न. ६ महाराजझोडा निर्मित दुईकोठे क्लिनिक भवनको आज एक समारोहमा भयो । राजघाट उपस्वास्थ्य चौकीबाट ८ किलोमीटर दक्षिण दुर्गम महाराजझोडामा अवस्थित उक्त गाउघर क्लिनिकबाट महिनामा दुई दिन महिला, बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गरिन्छ । गाउघर क्लिनिक ब्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बानियाको अध्यक्षतामा सम्पन्न समारोहमा गा.वि.स. सचिव जयधर्म आचार्य, मंगलबारे प्राथमिक…

Read More Read More

A Brief Note on Health Psychology

A Brief Note on Health Psychology

Dr. Nawa Raj Subba Health psychology is a behavioral medicine having interdisciplinary scopes including both medicine and psychology. It deals with the psychological and behavioral processes. Health psychology commits overall individual’s well being and health. Religion organizes the system of beliefs and practices. Spirituality connects self to self-others nature and ultimate others. Spiritual health maintains harmonious relationships with other living things and having otherworldly heading and reason. This incorporates living according to one’s ethics, morals, and values.

भाइरल ज्वरो इन्फ्लुएन्जा

भाइरल ज्वरो इन्फ्लुएन्जा

(डा.नवराज सुब्बा) जनस्वास्थ्यमा इन्फ्लुएन्जालाई तीन किसिमले बुझ्न र र बुझाउन सकिन्छ । तीनै किसिमका इन्फ्लुएन्जा रोगका कारक भाइरसका विभिन्न प्रजाति हुन्छन् जसबाट मानिस र पशुपङ्खीहरूमा इन्फ्लुएन्जा रोग लाग्दछ । पहिलो हो, मौसमी अर्थात् सिजनल इन्फ्लुएन्जा जसमा श्वासप्रश्वास प्रणालीमा असर गर्दछ फलस्वरूप खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने गर्दछ । यो रोग प्रायः भाइरसको पुरानो प्रजाति अर्थात् भाइरस ‘ए’ बाट लाग्दछ । नेपालमा यो रोगको प्रकोप जाडो सुरु हुने समयमा स्थानीय रूपमा फाटफुट र कतै महामारीको रूपमा देखा पर्दछ ।…

Read More Read More

जनस्वास्थ्य अभ्यास र अनुभव

जनस्वास्थ्य अभ्यास र अनुभव

‘Janaswasthya Abhyas Ra Anubhav’ ‘जनस्वास्थ्य अभ्यास र अनुभव’  (2074) by Dr. Nawa Raj Subba. The book comprises of twenty articles written in different public health issues and problems of district and national level in Nepal. This book is written on public health activities based on research and experience of the author. लेखकले जिल्ला जनस्वास्थ्य कार्यालय व्यवस्थापनका क्रममा हासिल गरेका ज्ञान, विज्ञान र अनुभवलाई संगालेर लेखको रुपमा लिपिवद्ध गरेका छन् । तिनै लेखहरुको समष्टिगत संगालो जनस्वास्थ्य अभ्यास र अनुभव शिर्षकमा पुस्तक…

Read More Read More

एम्बुलेन्स सेवा प्रभावकारी बनाउने उपाय

एम्बुलेन्स सेवा प्रभावकारी बनाउने उपाय

डा. नवराज सुब्बा आकस्मिक रूपमा चाहिने एम्बुलेन्स सेवा स्वास्थ्य प्रणालीको महत्वपूर्ण सहायक सेवा हो । यातायात पुगेका स्थानमा आजकल समुदायस्तरबाट समेत एम्बुलेन्सको व्यवस्था गरिएको छ । गाउँ गाउँमा खुलेका सहकारी, अस्पताल तथा सामाजिक धार्मिक संघ संस्थाहरूले पनि एम्बुलेन्स सेवा संचालन गरेर सेवा दिन थालेका छन् । तर यही अत्यावश्यक एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय आज ढुक्क हुनसकेका छैनन् । भनेको बेलामा एम्बुलेन्स नपाइनु, आपद विपद् परेको बेला एम्बुलेन्सको लागि सम्पर्क गर्दा फोन नउठाउने गरेको, सम्पर्क भईहाले एम्बुलेन्स बिग्रेको भनेर नआउने गरेको…

Read More Read More

मोरङको आधारभूत मानसिक स्वास्थ्य स्थिति — नवराज सुब्बा

मोरङको आधारभूत मानसिक स्वास्थ्य स्थिति — नवराज सुब्बा

विश्व स्वास्थ्य संगठनले गरेको परिभाषा अनुसार केवल रोग मुक्त र दुर्बल नहुँदैमा कुनै व्यक्ति स्वस्थ भयो भन्न मिल्दैन । शारीरिक, मानसिक, सामाजिक एवम् आत्मिक हिसाबले कुनै ब्यक्ति तन्दुरुस्त रहेको अवस्थालाई मात्र स्वास्थ्य भनिन्छ । मनोवैज्ञानिक दृष्टिकोणले हेर्दा समय र वातावरण अनुसार अगाडि बढ्ने क्षमता, भावनात्मक द्वन्द्वबाट ज्यादै विचलित नहुने क्षमता, अर्थपूर्ण रूपले जीवन यापन गर्न सक्ने क्षमता, उत्पादनशील काम गर्ने क्षमता, अरूसंग सम्बन्ध राख्ने वा निरन्तरता गर्ने क्षमता, कुनै प्रकारको मानसिक रोगको खास लक्षण नभएको अवस्थालाई मानसिक स्वास्थ्य भनिन्छ । सामान्यतयाः…

Read More Read More