Browsed by
Category: निबन्ध लेख

Essays and article on contemporary issues in Literature and social issues.

The emotional drama is just too much

The emotional drama is just too much

Dr. Nawa Raj Subba Nowadays there is a growing trend of collecting votes by showcasing the poignant aspects of family relationships and playing with emotions in the process of presenting reality shows such as singing, dancing, comedy. Networks in Nepal are good at copying Indian networks. That has distracted attention from assessing the contestants’ unique talents. It will increase the television audience but the reason for which the program is shown will only serve as a serial for entertainment. Touch…

Read More Read More

कवितामा पारुहाङ र लेप्मुहाङका पदचाप

कवितामा पारुहाङ र लेप्मुहाङका पदचाप

(काव्य–समीक्षा) – डा. नवराज सुब्बा कविमन स्वैरकल्पनामा बहन सक्छ, यो भावनामा भौतारिन सक्छ । यत्तिकै आधारमा सिर्जना केवल कोरा कल्पना हुन् भन्न चाहिं मिल्दैन । कवि वर्तमान र भविश्यको चिन्तनमा मात्र केन्द्रीत नभएर प्राचीनकालीन जीवन र जगत छामेर मानव सभ्यता अनि युगीन चेतनाको लेखाजोखा समेत गर्ने गर्दछन् । ज्ञानचक्षु उघार्दै कलात्मक कलमको बिर्को खोल्दै धार्मिक तथा आध्यात्मिक विषयवस्तु र पात्रलाई काव्यको माध्यमबाट पाठकीय धरातलमा बोकेर ल्याउँछन् कविले अनि शाश्वत सत्यलाई उठाएर जीवनोपयोगी सन्देशमा रुपान्तरित गरिदिन्छन् । जसलाई हामी एक सुन्दर…

Read More Read More

सन् २०५० मा विश्व मानचित्रमा नेपालको स्वरुप कस्तो होला?

सन् २०५० मा विश्व मानचित्रमा नेपालको स्वरुप कस्तो होला?

डा. नवराज सुब्बा मानव विकासक्रममा विश्व इतिहासले केही कुरा संकेत गरेको छ । विभिन्न देशका अनुसन्धानकर्ताहरुले भूगोल, इतिहास, संस्कृति र राजनीतिलाई जोडेर विश्लेषण गर्ने गरेका छन् । विभिन्न तथ्यहरुको आधारमा आगामी सन् २०५० मा विश्व मानचित्रको प्रक्षेपण गरेका छन् । आजका विकसित मुलुकहरुको अवस्था भोलि के हुँदैछ अनि आज विकासोन्मुख राज्य भविश्यमा कस्तो अवस्थामा पुग्नेछन् भनेर भविश्यवाणी गरिएको छ । त्यसबेला नेपालको स्थान कस्तो हुनेछ, नेपालीलाई जिज्ञाशा उठ्नु स्वभाविक हो । ऐतिहासिक पृष्ठभूमिबाट प्रवेश गरौं । हालसम्म जीवित संसारको दश…

Read More Read More

हामीलाई कस्तो खुशीको आवश्यकता छ?

हामीलाई कस्तो खुशीको आवश्यकता छ?

डा. नवराज सुब्बा मानिसले सबैभन्दा बढी चाहेको कुरा के हो भनेर सोधेमा सबैले ‘खुशी’ नै उत्तर दिनेछन् । मानिसले धेरै अघि देखि खोजेको र अझै पनि पूर्ण रुपमा पाउन नसकेको यो खुशी नै हो । खुशीको बारेमा मानिसले धेरै सोचे, विचारे तर अझै पनि मानिस निक्र्यौलमा पुगेका छैनन् । आखिर यो खुशी के हो ? यो खुशी विषयमा ग्रीसेली दार्शनिक अरस्तुले सर्वप्रथम दर्शन नै स्थापित गरे । उनका अनुसार खुशी भनेको असल मानिस हुनु हो । साथै कसैको दासत्वमा नपरिकन…

Read More Read More

स्वास्थ्य, जनस्वास्थ्य र सामाजिक न्याय

स्वास्थ्य, जनस्वास्थ्य र सामाजिक न्याय

डा. नवराज सुब्बा स्वास्थ्य के हो? यसमा हाम्रो धारणा एकनासको छैन । कसैलाई स्वास्थ्य भनेको रोग नलाग्नु, बलियो हुनु, फूर्तिलो हुनु, पातलो हुनु, त कसैलाई मोटोघाटो खाइलाग्दो हुनु भन्ने लाग्दछ । जनप्रतिनिधिलाई स्वास्थ्य के हो भनेर सोधे डाक्टर, औषधी, अस्पताल, एम्बुलेन्स आदि नै स्वास्थ्य हो भन्ने बुझाइ पाइन्छ । यसैगरि जनस्वास्थ्य भनेको के हो? भनेर धारणा बुझेमा धेरैलाई स्वास्थ्य र जनस्वास्थ्य भनेको एकै हो भन्ने नै छ । जान्ने बुझ्नेले पनि जनस्वास्थ्य भनेको परिवार नियोजन, खोप, महामारी नियन्त्रण, स्वास्थ्य अभियान…

Read More Read More

मुक्कुलुङ अर्थात् पाथिभरा देवी

मुक्कुलुङ अर्थात् पाथिभरा देवी

डा. नवराज सुब्बा —– पाथिभरा नाम लिनासाथ जो कोहीको मन कुम्भकर्ण हिमालको काखमा अवस्थित अग्लो पहाडमा स्थापित देवीको मन्दिरमा पुग्दछ । म यसको प्राचीन पृष्ठभूमि अलिकति कोट्याउन चाहन्छु । फक्ताङलुङ अर्थात् कुम्भकर्ण हिमाल फेदको भूभाग किरात लिम्बूको मुन्धुममा पुकारिने देवीदेवताहरूको क्रिडास्थल हो । श्रुतिपरम्परामा आधारित लिम्बूदर्शन मुन्धुममा मुक्कुलुङ नामले हालको पाथिभरादेवी स्थललाई चिनिन्छ । पाथीमा धान भर्दा जस्तो देखिन्छ त्यस्तै देखिने डाँडो भएको सादृश्यमा पाथिभरा नामाकरण भएको यस स्थलमा शक्तिको वास छ भन्ने विश्वासको आधारमा पाथिभरा माताको प्रादुर्भाव भएको जनश्रुति…

Read More Read More

गुरूहरू सम्झँदै (संस्मरण)

गुरूहरू सम्झँदै (संस्मरण)

डा. नवराज सुब्बा ————– हामी गुरूलाई सम्झन्छौं, विहान सम्झन्छौं, साह्रोगाह्रोमा सम्झन्छौं अनि सम्झन्छौं आफूले केही गरेको कुरा देखाउनलाई । एकजना असल गुरू हेडसर गणेशबहादुर राई जो आठराई हाङपाङको सरस्वती माद्यमिक विद्यालयमा वि.स.२०१८ सालदेखि २०३८ साल दुईदशक लामो कालखण्ड प्रधानाध्यापक भएर कुशलतापूर्वक विद्यालय, गाउँ, समाज र देशको सेवा गर्नुभयो, र उहाँले संसारबाटै विदा लिनुभयो । उक्त दुःखद समाचार सुनेर म स्तब्ध भएँ । उहाँ हाङपाङमा हिंडेको, डुलेको, पढाएको झझल्को याद आयो । जे होस्, उहाँ सदा सम्झनयोग्य गुरूपात्र हुनुहुन्छ । उहाँलाई…

Read More Read More

पूर्वीय तथा पाश्चात्य वाङ्मयका अवधारणागत केही आधारशिलाहरू

पूर्वीय तथा पाश्चात्य वाङ्मयका अवधारणागत केही आधारशिलाहरू

डा. नवराज सुब्बा साहित्यको नाममा हामी धेरै सामग्रीहरू पढ्छौं, अनगिन्ति चर्चा गर्दछौं, कतिपयले सिर्जना पनि गर्दछौं । साहित्यको परिभाषा, चरित्र, रचनागर्भ तथा निर्माण प्रकृया, समालोचना तथा मूल्याङ्कनका बारेमा चर्चा, मन्थन र सिद्धान्त प्रतिपादन भएका छन् । यसरी साहित्यलाई नियाल्न आज पूर्वीय र पाश्चात्य सिद्धान्त र दर्शनका चश्मा लगाउनु पर्ने हुन्छ । वाङ्मयका पूर्वीय तथा पाश्चात्य दृष्टिकोणहरू आ–आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण छन् । धेरै वाद वा मतहरू साहित्य सिर्जनाका आधारभूत तत्वमा केन्द्रीत छन् भने कतिपय मत यसका रचनागर्भमा तहमै पुग्दछन् ।…

Read More Read More

आदर्शवान गुरु श्री गणेशबहादुर राईको शब्दचित्र

आदर्शवान गुरु श्री गणेशबहादुर राईको शब्दचित्र

संस्मरण – डा. नवराज सुब्बा श्री गणेशबहादुर राई सरस्वती डि.एस.बी. मिडिल स्कुल तेह«थूमको प्रधानाध्यापक भएर २०१८ सालमा आठराई हाङपाङ आएको साल म जन्मेको रहेछु । यो विद्यालय कालान्तरमा क्रमसः हाइस्कुल हुँदै हाल उच्च माद्यमिक तहको विद्यालय बनेको छ । स्मरण रहोस्, ताप्लेजुङ जिल्ला अन्तर्गत पर्ने यो हाङपाङ गाउँ हाल संघिय नेपालको आठराई त्रिवेणी अन्तर्गतको हाङपाङ वडा भएको छ, जुन वि.स. २०३२ सालभन्दा पहिले तेह«थूम जिल्ला अन्तर्गतको एक दुर्गम पञ्चायत थियो । मैले गणेशसरलाई सानैदेखि गाउँमै देखेकाले उहाँ हाङपाङकै रैथाने जस्तो…

Read More Read More

भोको भन्छ डाँडावारी खाउँ अघाएको भन्छ डाँडापारी खाउँ (विचार)

भोको भन्छ डाँडावारी खाउँ अघाएको भन्छ डाँडापारी खाउँ (विचार)

दुईजना साथी पाहुना गएछन् । खाना खानेबेलामा घरपति आमैले जब मासुको प्लेट अघि सारिन् तब एकजना साथीले अर्कालाई देखाउँदै ऊ त मासु खाँदैन साकाहारी हो भन्दिएछ, मुखैमा आएको मासु त्यसपछि फिर्ता लगिएछ । यसरी त्यहाँ रुनु न हाँस्नु भएछ । साथीको ख्यालठट्ठाले आफ्नै अर्को साथी मासुभात खानबाट बञ्चित भएछ । यो त एक ठठ्ठा हो तर आज यस्तै हर्कत साँच्ची नै गरिदैछ । सन्दर्भ हो बृद्धभत्ता पाउने उमेर ७० वर्षबाट ६५ वर्षमा हालै सरकारले गरेको निर्णयप्रति भएको विवाद । वास्तवमा…

Read More Read More