Browsed by
Category: निबन्ध लेख

Essays and article on contemporary issues in Literature and social issues.

आदर्शवान गुरु श्री गणेशबहादुर राईको शब्दचित्र

आदर्शवान गुरु श्री गणेशबहादुर राईको शब्दचित्र

संस्मरण – डा. नवराज सुब्बा श्री गणेशबहादुर राई सरस्वती डि.एस.बी. मिडिल स्कुल तेह«थूमको प्रधानाध्यापक भएर २०१८ सालमा आठराई हाङपाङ आएको साल म जन्मेको रहेछु । यो विद्यालय कालान्तरमा क्रमसः हाइस्कुल हुँदै हाल उच्च माद्यमिक तहको विद्यालय बनेको छ । स्मरण रहोस्, ताप्लेजुङ जिल्ला अन्तर्गत पर्ने यो हाङपाङ गाउँ हाल संघिय नेपालको आठराई त्रिवेणी अन्तर्गतको हाङपाङ वडा भएको छ, जुन वि.स. २०३२ सालभन्दा पहिले तेह«थूम जिल्ला अन्तर्गतको एक दुर्गम पञ्चायत थियो । मैले गणेशसरलाई सानैदेखि गाउँमै देखेकाले उहाँ हाङपाङकै रैथाने जस्तो…

Read More Read More

भोको भन्छ डाँडावारी खाउँ अघाएको भन्छ डाँडापारी खाउँ (विचार)

भोको भन्छ डाँडावारी खाउँ अघाएको भन्छ डाँडापारी खाउँ (विचार)

दुईजना साथी पाहुना गएछन् । खाना खानेबेलामा घरपति आमैले जब मासुको प्लेट अघि सारिन् तब एकजना साथीले अर्कालाई देखाउँदै ऊ त मासु खाँदैन साकाहारी हो भन्दिएछ, मुखैमा आएको मासु त्यसपछि फिर्ता लगिएछ । यसरी त्यहाँ रुनु न हाँस्नु भएछ । साथीको ख्यालठट्ठाले आफ्नै अर्को साथी मासुभात खानबाट बञ्चित भएछ । यो त एक ठठ्ठा हो तर आज यस्तै हर्कत साँच्ची नै गरिदैछ । सन्दर्भ हो बृद्धभत्ता पाउने उमेर ७० वर्षबाट ६५ वर्षमा हालै सरकारले गरेको निर्णयप्रति भएको विवाद । वास्तवमा…

Read More Read More

सिर्जाशीलता र भावी पुस्ता – नवराज सुब्बा

सिर्जाशीलता र भावी पुस्ता – नवराज सुब्बा

सन्दर्भः अन्तर्राष्ट्रिय बौद्धिक सम्पत्ति अधिकार दिवस अप्रिल २६, २०१३ यस पालिको अन्तराष्ट्रिय बौद्धिक सम्पत्ति अधिकार दिवसको नारा रहेको छ— सिर्जनशीलता र भावी पुस्ता । आजको सिर्जनशीलता आजको लागि मात्र नभएर भावी पुस्ताको भाग्य पनि निर्धारक हो भन्ने अवधारणाका साथ अप्रिल २६ का दिन विश्वमा यो दिवस मनाइदैछ । यो दिवस मनाउन कुनै प्लेकार्ड वा ब्यानर बोकेर प्रभातफेरी गरिरहन पर्दैन । बौद्धिक जमात एकै ठाउँमा बसेर यसबारे छलफल गरेर वा एक्लै बसेर भए पनि यसबारे चिन्तन मनन् गरेर यो दिवसलाई सार्थक…

Read More Read More

कार्यक्रम डायरी (फागुन ४, २०६९ विराटनगर)

कार्यक्रम डायरी (फागुन ४, २०६९ विराटनगर)

मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोफी र स्नायु सम्बन्धि समस्या भएका ब्यक्तिहरुका लागि खेलिने बोसिया खेलकासहभागीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम सकेर फर्कने क्रममा गाडि चढ्न लाग्दा होटल परिशरको एक कुनामा ढकमक्क फुलेका फुलहरुले मेरो ध्यान खिच्यो । क्यामेरा झिकें र त्यतैतिर लम्किएँ, अनि ऐंगल मिलाउँदै केही सट लिंदै थिएँ । यत्तिकैमा पछाडि मलाई कसैले कोट्याए जस्तो लाग्यो । पक्षाघात तथा स्नायु सम्बन्धि समस्या भएका उही एकजना भाई रहेछन् । उनले मसित केही कुरा बोले तर मैले राम्ररी बुझिन तै पनि मेरो पनि फोटो…

Read More Read More

साहित्यमा सूचना, प्रचार र विज्ञापन (विचार) – नवराज सुब्बा

साहित्यमा सूचना, प्रचार र विज्ञापन (विचार) – नवराज सुब्बा

‘यात्रा आधा शताब्दीको’ कवितासंग्रह मेरो पचासौं जन्मोत्सवको अवसरमा प्रकाशित तेस्रो कवितासंग्रह हो । यस पुस्तकको अगाडि कभरमा रोटरी क्लब इन्टरनेसनलमा सम्पन्न मेरो पहिलो एकल कवितावाचनको तस्वीर रहेको छ । कभरको पृष्ठभागमा मैले पहिलो विश्व वेभक्याम कविता प्रतियोगितामा २०६५ मा प्रथम भई विजयी हुँदाको कवितावाचनको फोटो  छ । साथै विराटनगरमा सम्पन्न नेपालको पहिलो मारवाडि कविगोष्ठिमा नेपालीभाषीको कवि प्रतिनिधिको रुपमा गरिएको कवितावाचनको फोटो र क्याप्सन पनि प्रकाशित छन् । यी तस्बीरहरु मेरो साहित्यिक यात्रामा एक सर्जकको नाताले ५० वर्ष उमेरसम्मका उपलब्धि ठानिएका…

Read More Read More

गीतको माया (अनुभूति) नवराज सुब्बा

गीतको माया (अनुभूति) नवराज सुब्बा

गीत लेख्नुको आनन्द वा गीत सुन्नुको आनन्दको मात्र कुरा गरियो । अब गीत लेख्नुको पीडा पनि कोट्याँउछु है ! निकै वर्ष अघि विराटनगरको एकजना साहित्यकारले मसित एउटा गीत मागे— कुनै एक बालकलाकारको एल्बम निर्माणको लागि । मैले द्वन्दकालीन अवस्थामा बालबालिकाहरूद्वारा विद्यालयलाई शान्तिक्षेत्र बनाइयोस्, कृपया खेलमैदान परेडमैदान नबनाइओस् भन्ने आव्हान भएको बालगीत उनलाई दिएँ । केही वर्ष अघि एक बालकलाकारको एल्बम इटहरीमा विमोचन भएको समाचार सुनें । जसले अघि मलाई गीत मागेका थिए गीतकारहरु मध्ये उनको नाम सुनें तर मेरो आएन…

Read More Read More

रक्सी, चामल र खुशी (गफ)

रक्सी, चामल र खुशी (गफ)

कुरा त्यस्तै वि.स.२०५४ सालतिरको हो भन्छन् लामिछाने । उनी गफलाई रोमाञ्चित बनाउँदै भन्छन्– पहाडि जिल्ला भोजपुर जाने सिलसिलामा दिनभरि हिंडेर साँझ बल्ल पुगियो दिदीबहिनी डाँडामा तर खानलाई भने केही छैन भनेर पसलेहरूले बताए पछि उनका साथी रुम्दाली र उनी निरास भए । त्यहाँ डाँडामा भएका दुइतीन घरमा बुझ्दा कतै पनि खाना पकाउनको लागि चामल वा पीठो केही किन्न भेटिएन । अब लामिछाने र रुम्दाली फसादमा परे । एकठाउँ खाने नाममा रक्सी चाहिँ भेटियो र अलिकति सुकुटी माछा पनि झुन्ड्याएको देखियो…

Read More Read More

हारमोनियमको नशा (संस्मरण)

हारमोनियमको नशा (संस्मरण)

हाल शनिश्चरे मोरङमा बसोबास गर्ने श्री ओमनाथ उप्रेती मेरा बाल्यकाल विद्यालयका सहपाठी हुन् जोसित धेरै वर्षपछि आज भेट भयो । ताप्लेजुङ जिल्लाको श्री सरस्वती माद्यमिक विद्यालय हाङपाङमा पढ्दा उनी मेरा एकजना रमाइला मित्र थिए । आज कामविशेषले विराटनगर आएको बेलामा फूर्सद मिलाएर भेटघाट गरि पुराना कुरा याद गर्दै मित्रता ताजा बनाउन उनी मेरो अफिसमा पसे । मैले एक कप चिया र एक अंगालो मायाले उनलाई स्वागत गरें । हाल म आफ्नो गीतसंगीत यात्राको चर्चा गरिरहेको बेलामा एकजना उपयुक्त पात्रसित गाँसिएको…

Read More Read More

संवेदना, कला र ग्ल्यामर (चिन्तन) नवराज सुब्बा

संवेदना, कला र ग्ल्यामर (चिन्तन) नवराज सुब्बा

संवेदना, कला र ग्ल्यामर : यी तीन कुरा बिलकुलै फरक फरक हुन् । यी एक अर्कासित अवश्य गाँसिएका छन् । तर यदी यिनमा फरक छुट्याउन सकिएन भने स्रष्टा र श्रोता अर्थात् पाठक अल्मलिन सक्छन् । जीवन र जगतमा जब संवेदना हेर्ने आँखा, मस्तिष्क र हृदयको विकास भयो तब यसले मान्छेभित्र शश्लेसित भएपछि अभिव्यक्त हुन कुनै माध्यमहरू खोज्यो र सुन्दर कलाको जन्म भयो । गुफामा भेटिएका ओढारभित्र कुँदिएका चित्रहरू ढुँगेयुगका मानवीय संवेदनाका कलात्मक अभिव्यक्ति हुन् । उनीहरूले माटोमा, पातमा, बोटको फेदमा…

Read More Read More

गीति–एल्बम अमूल्य जीवनको रचनागर्भ (नवराज सुब्बा)

गीति–एल्बम अमूल्य जीवनको रचनागर्भ (नवराज सुब्बा)

कृति वा सिर्जना कुनै सर्जकको समून्द्ररुपी सागरमा देखिने केवल टुप्पो मात्र हो अर्थात् हामीले देखिने रचना वा सिर्जना ‘टिप अफ दि आइसबर्ग’ हो । अर्को शब्दमा भन्नु पर्दा कुनै रचना बोटमा फल्ने फल हो भने सर्जक बोट हो । कुनै फल खाएर मात्र बोटका बारेमा सबै कुरा चाल पाइँदैन, अवश्य स्वाद लिइन्छ तर बोट नदेखेको भए बोटबारे केवल अनुमान मात्र गर्न सकिन्छ । यसैले साहित्य र सिर्जनामा लेखक, पाठक, समालोचक र अनुसन्धानकर्ता लगायतका लागि रचनागर्भ महत्वपूर्ण साधन मानिन्छ ।