Browsed by
Category: गतिविधि

सामाजिक, साहित्यिक, साँस्कृतिक, सांगीतिक

Folk song album released

Folk song album released

Biratnagar Nepal. ‘Himalaima Hiun’ folk song album collected by Nawa Raj Subba has been released. Senior Singer L.P. Joshi released the fifth musical album of Subba in a ceremony at Biratnagar. Folk tunes of Eastern nepal and Limbu culture are included in the album. Artists, writers, journalists were present in the ceremony. Nawa Raj Subba, Parash Mani Baral, Sumit Khadka and Sajan have sung in different five songs of the album. चैत्र १, २०७० विराटनगर नेपाल । नवराज सुब्बाले पूर्वेले…

Read More Read More

शुभकामना गीत लोकार्पण

शुभकामना गीत लोकार्पण

२०७० बैशाख १ गते विराटेश्वर बृद्धाश्रममा बृद्धाश्रम अध्यक्ष जगतप्रसाद अर्याल, समाजसेवी दीनबन्धु गोयल र गीतकारले संयुक्त रुपमा शुभकामना गीत सार्वजनिक गर्नुभएको थियो । शब्दः नवराज सुब्बा, संगीतः सुमित खड्का, स्वरः सुमित र सोनिका । उक्त शुभकामना गीत निम्न फोटोमा क्लिक गरेर सुन्न वा डाउनलोड गर्न सकिन्छ ।

शुभकामना !

शुभकामना !

शुभकामना ! हङकङ नेपाली महासंघ तथा गायक कलाकार सुमित खड्काजी ! हङकङ नेपाली महासंघको निमन्त्रणामा नेपाली देशभक्तिगीत गायनमा पहिचान बनाएका चर्चित युवा गायक सुमित खड्का विराटनगरबाट हङकङ यात्रामा निस्कनु भएको छ । निकट भविश्य (संभवत ३० नोभेम्बर) मा हङकङमा आयोजित समारोहमा मैले रचना गरेको गीत तथा बरिष्ठ संगीतकार शक्ति बल्लभको संगीतमा महासंघको अफिसियल गीत गायक सुमित खड्काद्वारा प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

छठपर्व विदामा अनाथाश्रम

छठपर्व विदामा अनाथाश्रम

२०६९ सालको छठपर्वको अवसरमा युवागायक सुमित खड्काको गीत सुन्न तथा र अनाथाश्रमका बालकलाकारहरुको नृत्य हेर्न पूर्वाञ्चल अनाथाश्रम गइयो । करिव एक घण्टाको सास्कृतिक कार्यक्रमको अन्तमा बालबालिका र अनाथाश्रमलाई शुभकामना व्यक्त गरियो र बालबालिकाहरुलाई खाजास्वरुप बिस्कुट र चाउचाउ दिंदै फेरि भेट्ने बाचा गर्दै अपरान्हतिर  बिदा मागियो ।

हामी पहिले नेपाली लोकार्पण

हामी पहिले नेपाली लोकार्पण

कार्तिक १९, २०६९ काठमाडौं । कुलपति बैरागी काइँलाले “हामी पहिले नेपाली” गीति एल्बम विमोचन गर्नु भएको छ । एल्मबमा नवराज सुब्बाको शब्द, शक्ति बल्लभ संगीत तथा सुमित खड्काको  आवाज रहेको छ ।

फेसबुकबाट पुस्तक विमोचन

फेसबुकबाट पुस्तक विमोचन

बैशाख २७, २०६९ विराटनगर । गीता ढकालद्वारा लिखित/सम्पादित ‘नवराज सुब्बाको मनको मझेरीमा बस्दा’ पुस्तक फेसबुकबाट विमोचित भएको छ । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको लागि गरिएको शोधमा आधारित आलेख र अन्य ९ जना लेखकका समालोचना र समीक्षा समेत उक्त पुस्तकमा संग्रहित छन् । पुस्तकसभित्र समालोचक डा. खेम दाहाल, दधिराज सुबेदी, लक्ष्मी खतिवडा, प्रेमप्रसाद सञ्जेल पाखे, हरिप्रसाद बराल, राजेन्द चुडाल, हिंडपाली साइँलो, अज्ञातका लेखहरु र ज्ञानु अधिकारीको पत्र रहेका छन् । फेसबुक मार्फत् पुस्तकका लेखक तथा सम्पादक गीता ढकाल लगायत अन्य लेखक…

Read More Read More

तीन स्रष्टा सम्मानित

तीन स्रष्टा सम्मानित

चैत्र १८, २०६८ विराटनगर । रामनवमीको अवसर पारेर उदयानन्द मुक्तिनाथ अज्र्याल संगीत प्रतिभा पुरस्कारद्वारा यस वर्ष साहित्य र कला क्षेत्रमा योगदान दिने तीनजना स्रष्टालाई सम्मानित गरिएको छ ।

‘अमूल्य जीवन’को लोकार्पण

‘अमूल्य जीवन’को लोकार्पण

गीतकार नवराज सुब्बाको तेस्रो गीति एल्बम ‘अमूल्य जीवन’को विराटनगरमा लोकार्पण गरिएको छ । रेडियो नेपालीकी प्रथम गायिका रानुदेवी अधिकारीले एल्बमको लोकार्पण गर्नुभयो । गीतकार सुब्बाले शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहिद दिवसको अवसरमा निकालिएको गीति एल्बममा ९ वटा गीतहरु समावेश रहेको जनाउनुभयो ।

अमूल्य जीवन लोकार्पण

अमूल्य जीवन लोकार्पण

माघ १६, २०६८ सहिद दिवसको दिन :  नेपाल पत्रकार महासंघ विराटनगरको सभाकक्षमा नवराज सुब्बाको तेस्रो गीति एलबम ‘अमूल्य जीवन’ लोकार्पण हुदैछ ।

साँस्कृतिक कार्यक्रम

साँस्कृतिक कार्यक्रम

कात्तिक ९, २०६८ । रंजनी, मोरङ । यसपालिको तिहारमा साँस्कृतिक कार्यक्रम गरी राष्ट्रिय एकता बढाउन गाउँ गाउँका युवाहरु उठेका छन् । मोरङको रंजनी दर्वेसा– ९ मा “सक्रिय युवा समूह” ले राष्ट्रियगीत, लोकगीत, लोकनृत्य सहितको सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।