Browsed by
Category: Audio Album-5 Bahar Sanga

Lyricist- Nawa Raj Subba

Dashain Song

Dashain Song

एल्बम– बहारसंग ९ निधारमा टीका र जमरा थाप्छौं आशीर्वचन एकताको चाड दशैं मंगलमय शुभकामना । सयपत्री फूल फुल्यो रमाइलो भो आँगन बाआमाको आशिशसंगै उच्च भयो भावना परदेशी पनि घर फर्के रमाइलो भो जीवन एकताको चाड दशैं मंगलमय शुभकामना । राम्रो लाउने मीठो खाने पर्व दशैं हेर न मन सबका रमेका छन् जुटेका छन् खेल्न जीवनमा शक्ति भर्ने शान्ति दिने मनमा एकताको चाड दशैं मंगलमय शुभकामना । (शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग) download

New Year Song

New Year Song

एल्बम– बहारसंग ८ नववर्षको नौलो स्पर्श छ आज तन मनमा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । फूल पात डाली डुली जब गीत गाउछे चरी होस हराउँदै जोस पलाउँछ आज यो मनभरि फलोस् फुलोस् वैंश अब नबितोेस् बेकारमा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । तिमीसँग भेट हुने दिन कैले आउँला भनी यतिञ्जेल कुरें तिमीलाई दिन यो गनी गनी स्वस्थ, सुख, समुन्नति म लेख्छु तिम्रै नाममा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । (शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग) download

Mana Ra Maato

Mana Ra Maato

एल्बम– बहारसंग ७ मन र माटोको पवित्र यो नाता हाम्रो एकता हाम्रो सफलता हङकङ नेपाली महासंघ बसौं हामी मिलिजुलीसँग । आकाश हाम्रो यही धरतीमा बास कर्मले डोर्यायो हामीलाई प्रवास । सगरमाथा गौरव शिरमा राख्दछौं नेपाली पौरखलाई विश्वभरि छर्छौं । बुद्धभूमि, तपोभूमि, कर्मभूमिको मान वीर गोरखाली हामी पुर्खाको राख्छौ शान । (शब्द– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वर– सुमित खड्का, एल्बम– बहारसंग) download

Morang Song

Morang Song

एल्बम– बहारसंग ६ पौराणिक, ऐतिहासिक, राजनीतिक संगम आधुनिक शिक्षा, स्वास्थ्य, औद्योगिक मोरङ चेतनाको बीऊ छर्छ कृषिभूमि मोरङ हाम्रो मोरङ, राम्रो मोरङ, सबको मोरङ । धनपालगढी, गोग्राहा, रानी, बुधनगर विराट गौरव समेट्छ यो विराटनगर राजारानी पोखरी जेफालेडाँडा मनोरम बेतना, हसिना सिमसार, रंगेली, मोरङ । सबै जाति मिलेर बनेको हाम्रो फुलबारी छाती यसको चौडा छ अवसर बराबरी आर्य, कोच, किरात इतिहास बोक्छ मैदान गौरवपूर्ण यो नाता भुल्दैन हाम्रो मोरङ । (शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग) download

Hamro Pahilo Paila

Hamro Pahilo Paila

एल्बम– बहारसंग ५ हाम्रो पहिलो पाइला चार दिवालले नरोक सुन्दर हाम्रो भविष्य झ्यालखानामा नछेक । कलिला हाम्रा हातमा कलम कापी थमाऊ निर्दोष छौं बालबालिका स्वतन्त्र खेल्न पाऊँ बाआमाको यो सजाय हामीलाई नदिइयोस् यो देशका सन्तान हामी सुयोग्य बनाइयोस् । हामी बन्ने छौं हीरा अँध्यारोमा चम्कने छौं फूल फुल्दछ हिलोमा कमलझैं फक्रने छौं हाम्रो सुन्दर सपना चन्द्रमाझैं मुस्कुराउँछ उज्यालो हाम्रो विपना सूर्यझैं झल्मलाउँछ । (शब्द– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वर– सुमित खड्का, एल्बम– बहारसंग) download

Biwasta

Biwasta

एल्बम– बहारसंग ४ विवशताले बाँधिएको मान्छेको जीवन पिजडाभित्र छट्पटिरहने मैनाझैं यो मन् । तिम्रो एक नजरले मनमा अनेकौ रहर जाग्छ लम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ । बिहानीको प्रतीक्षामा साँच्नै पर्यो जिन्दगी हजारौं दुःख लुकाएर बाँच्नै पर्यो जिन्दगी । (शब्द– नवराज सुब्बा, स्वर/संगीत– सुर्य थुलुङ, एल्बम– बहारसंग) download

Gamala

Gamala

एल्बम– बहारसंग ३ गमलाको छातीभरी फुल्यौ आहा जीवनभरी हाँस्दा कति सुहाएको गुलाफ र बाबरी । गुलाफी त्यो ओंठ खोली एकै थूँगा हाँसिदेऊ पर्खि बरु बसौंला हाँस्नलाई सिकाइदेऊ । बाबरीको बासनाले जवानी त्यो ब्युँझाइ देऊ ढल्की जान लागेको बैंशलाई फर्काइ देऊ । (शब्द/स्वर– नवराज सुब्बा, संगीत– एन्ड्रयू सिथलिङ, एल्बम– बहारसंग) download

Gulaf

Gulaf

एल्बम– बहारसंग २ गुलाफको थूँगाभित्र मायालुको वासना पाउँछु उड्ने मेरो मनभित्र तिम्रो मात्र सपना देख्छु । सुकेका यी ओंठहरु गीत गाइ रुझुँ भन्छ चन्चले यी आँखाहरू कतै पुगी अल्झुँ भन्छ । साँचेको छु मुटुभित्र आइ यहाँ बस्ने गर सपनीमा आउने माया विपनीमै आउने गर । (शब्द/स्वर– नवराज सुब्बा, संगीत– प्रेम भट्टचन, एल्बम– बहारसंग) download

Ae Bahar

Ae Bahar

एल्बम– बहारसंग १ ए ! बहार तिमीसंग बोलुँ बोलुँ लाग्छ आँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ । कति कति बत्तीहरु बल्नै सकेन जलेको यो मुटु मेरो निभ्ने सकेन । मनमा फुल्ने फूललाई सजाउन सकिन बनमा रम्ने कोइलीले झैं गाउन सकिन । (शब्द– नवराज सुब्बा, संगीत– साजन राई, स्वर– दीपक लिम्बू, एल्बम– बहारसंग) download