Browsed by
Category: Audio Album-6 Himalaima Hiun

Music Album of Folk Songs Collection and Lyricist Nawa Raj Subba

Nepali Holi Song

Nepali Holi Song

नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ ५. जीवन खुल्छ सँगमा होलीको सात रङ्गमा नेपाली हाँसौं एक भई खेलौं होली उमङ्गमा आयो होली, खेलौं होली, नाचौं होली, होलीको रूपरङ्गमा । बाल, युवा, बृद्धमन सबमा उस्तै भाव छ के मधेस, के पहाड मीठो सद्भाव छ आयो होली, खेलौं होली, नाचौं होली होलीको रूपरङ्गमा । रङ्गीविरङ्गी सपना फुल्ने हाम्रो मन यो सप्तरङ्गी इन्द्रेनी झुल्ने यही जीवन हो आयो होली, खेलौं होली, नाचौं होली होलीको रूपरङ्गमा । (शब्द– नवराज सुब्बा, संगीत÷स्वर– सुमित खड्का, नेपाली…

Read More Read More

Chindina Nabhana

Chindina Nabhana

नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ ४ चिनिन नभन साथी चिन्दिनँ नभन गीताङ्गे भई उभिनँ आएँ चिन्दिनँ नभन । फुकाएँ मैले मनको भाखा लुकाऊ कतिन्जेल यो मुटु मेरो निचोरिदिन्छु दुनियाँ नाचुन्जेल आज नाच्दिनँ नभन संगी जान्दिनँ नभन गीताङ्गे भई उभिएँ तर चिन्दिनँ नभन । रहेछ गाह्रो बचाई राख्नु अटल स्वाभिमान जीवनसाथी साधना मेरो निरन्तर अभियान कतै गाह्रो भो नभन प्रिय मान्दिन नभन गीताङ्गे भई उभिएँ तर चिन्दिनँ नभन । (शब्द– नवराज सुब्बा, संगीत/स्वर– साजन राई, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ) download

Sabaile Dekchhan

Sabaile Dekchhan

नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ ३ सबैले देख्छन् बन डढेको बे तर कसले देख्छ मन डढेको बे । अचारै मीठो रामभेंडाको बे सम्झना आउँछ उहीबेलाको बे । रुखैमाथि चरी कठैबरी बे आँशु झर्यो बरर आँखैभरी बे । (शब्द/संगीत/स्वर– नवराज सुंब्बा, एल्बम- हिमालैमा हिउँ) download

Farkera Aau

Farkera Aau

नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ २ फर्केर आऊ त्यो बाटो नजाऊ नक्कली ए कान्छी उसले त भन्थी म सानी छु रे माया त लाउँदिन रे । मन्दिरको देउता बिरानो लाग्छ किन हो मलाई कलिलो जोवन तिमीलाई दिन्छु नभन्नु कसैलाई । सिउरेको फूल ओइलेर झर्यो चैतको घामले व्यर्थैमा माया नलाउनु रैछ एकझल्को हेर्नाले । (संकलन– नवराज सुब्बा, स्वर– नवराज सुब्बा र पारसमणि बराल, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ) download

Himalaima Hiun

Himalaima Hiun

नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ १ हिमालैमा हिउँ पर्यो हिउँदैमा, हातको सिंदूर खसेछ सिउँदैमा कुरकुरमा कुरकुर आलेपुर मालेपुर, मायातिरै सुर । फुलबारीमा फूल फुल्यो लरिलै जान्छ नि जोवन आउँदैन बरिलै ढल्यो भालुबाँस लाग्दैछ मलाई माया तिम्रो आस । हिमालै हिउँ पर्यो हिउँ सेतै कि आउ यतै कि आउँछु म त्यतै हो नि हुन त मायालाई सम्झेर रुन्छ नि मन त । आकासैमा चील घुम्यो फनफनी जाउँ कि बसौं भइसक्यो मन पनि गैरी सिमलटार म आउँछु मंगलबार माया नमस्कार ।…

Read More Read More