Browsed by
Category: Audio Album-4 Lukeko Rahar

Nepali Gazal Album ‘Lukeko Rahar’ Lyrics- Nawa Raj Subba, Music- Shakti Ballav

Kati Sun

Kati Sun

नेपाली गजल एल्बम– लुकेको रहर गजल- ९ कति सुनका कुरा गरौं अब गुनका कुरा गर्मी भो प्रिय थालौ अब जूनका कुरा । चाहिया हो न्यानोपन खोजियो त्रि्रो हृदय आऊ देऊ अङ्गालो नगर उही ऊनका कुरा । आफन्त माया मारी पराय आफ्नो बनायौ दाजुभाई गरिरहेछन् रातदिन खूनका कुरा । छ हिसाव बाँकी अझै चुक्ता गर्न निकै छ छिमेकीले बिर्सेनन् पैंचो दिया नूनका कुरा । (शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः भीम चापागाइँ, गजल एल्बम– लुकेको रहर) Audio download

Deoralima

Deoralima

नेपाली गजल एल्बम– लुकेको रहर गजल- ८ देउरालीमा बरपिपल आज बसेको देखिन सुगन्ध खोज्दै कस्तुरी आफैमा पसेको देखिन । अमर भन्ने के छ र तैपनि रहर मेटिन्न मर्दछ मान्छे निरन्तर कतै डसेको देखिन । लक्ष्य हो सुख सम्पत्ति यो पनि म मान्दिन दुःखमा हाँस्ने मानिस जीवनमा फसेको देखिन । देऊ मलाई दोष जति भारीभो कैले भन्दिन बिलाई जान दिन्नथें तारा खसेको देखिन । (शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः माण्डवी त्रिपाठी, गजल एल्बम– लुकेको रहर) Audio download

Tyo Mrityu

Tyo Mrityu

नेपाली गजल एल्बम– लुकेको रहर गजल- ७ त्यो मृत्युको आभास आइरहन्छ किन कतै बोलाएझैं गीत गाइरहन्छ किन । म गीत गाउँदा गाउँदै ढलिजान सक्छु हरपल संगीत दिलमा छाइरहन्छ किन । लेख्दालेख्दै अक्षरले विस्तारै जलाइरहेछ केवल दुखिरहने शव्द पाइरहन्छ किन । सबैलाई बाँड्न रैछ यही मुटु प्यारो फकाई कसैले हरदम खाइरहन्छ किन । (शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः स्वरुपराज आचार्य, गजल एल्बम– लुकेको रहर) Audio download

Mera Sabai

Mera Sabai

नेपाली गजल एल्बम– लुकेको रहर गजल- ६ मेरा सबै रहरहरु पूरा भए अब के गरौं दिक्दार भए मसित सायद सब के गरौं । अलिकति बचेको यो ओठको खुशी लेऊ आएन हात कसैको दुःखमा जब के गरौं । आफैलाई हेर्ने नजरले हेरें यो दुनियाँ कर्केनजर पो लगाए उल्टै तब के गरौं । कामै पर्दा मात्र चाहिने रहेछु एक ढुँगा बन्यो घर बिर्सियो छैन मतलब के गरौं । (शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः सुमित खड्का, गजल एल्बम– लुकेको रहर)…

Read More Read More

Euta Ghar

Euta Ghar

नेपाली गजल एल्बम– लुकेको रहर गजल- ५ मेरो एउटा घर छ लुकेको रहर छ आफन्त बिछोडिदै गएको शहर छ । पुरानो जो थोत्रो सायद म एक हुँ फालिन बाँकी केवल एक पहर छ । हिँडाएँ ताते उसलाई लाठे बनाएँ उसैले प्रहार त्यो गरेको ठहर छ । रोपेको छु फूल हालेकोछु मलजल नसम्झे है यसमा घोलेको जहर छ । (शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः शिशिर योगी, गजल एल्बम– लुकेको रहर) Audio download

Dui Din

Dui Din

नेपाली गजल एल्बम– लुकेको रहर गजल- ४ दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ । कर्मसितै लिनु पर्छ सन्तुष्टीको स्वाद जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ । मनमनै पखालेर निरासाको स्वाद तीतो जति निचोरेर फाल्नु ठूलो रैछ । प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद मीठो जति अरुलाई बाँडनु ठूलो रैछ । (शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः अञ्जु पन्त, गजल एल्बम– लुकेको रहर) Audio download

Sakchhi Chhaina

Sakchhi Chhaina

नेपाली गजल एल्बम– लुकेको रहर गजल- ३ साक्षी छैन प्रमाण छैन उजुर गर्ने ठाउँ छैन कता कता भौतारिनु नपुगेको गाउँ छैन । स्वागतमा मैले आँखा झिम्म सम्म गरिनछु झुक्किएर आगनीमा टेक्ने उनको पाउ छैन । च्यातिदिएँ जलाइदिएँ खाएका ती बाचाहरू कत्ति सारो निथ्रिएँछु अब कतै जाउँ छैन । तिम्रो यादमा के के लेखें सधैं सधैं तिमी देखें तर आज बताउन लायक आफ्नो नाउँ छैन । (शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः सुरेश मानन्धर, गजल एल्बम– लुकेको रहर) Audio…

Read More Read More

Jali Maya

Jali Maya

नेपाली गजल एल्बम– लुकेको रहर गजल- २ जाली माया लाउनुरैछ चिनो रुमाल जाली दियौ चोखो माया लाएकोथें प्रेमी पागल गाली दियौ । दिलमा कतै छैन मेरो मन काट्ने कैंची हजुर किन आकाश उधारेर बादलले टाली दियौ । नयनमा बग्ने आँसु नुनिला छन् भन्थ्यौ हजुर मनको सफा तलाऊमा धमिलोपन हाली दियौ । सुरमा मैले ताने स्वर नाच्ने थियो पालो हजुर परेलीका गाजल किन पखालेर फाली दियौ । (शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः जगदिश समाल, गजल एल्बम– लुकेको रहर)…

Read More Read More

Timilai Maya

Timilai Maya

नेपाली गजल एल्बम– लुकेको रहर गजल- १ तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु । दुइ नयनमा वग्ने आँशु फरक भए कि कसो आफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु । सिउरिदिएको त्यो फूल ओइली झर्‍यो कि कसो थाहै नपाई त्यो गलामा चुँडिएको माला बनेंछु । मलाई माया गर्ने केवल एउटी तिमी थियौ ओढेकै थिएँ घामछाया म त हाड छाला बनेंछु । (शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः…

Read More Read More