Sahidlai Salaam
सहिदलाई सलाम! सिङ्गो जीवन बलिदान दिनेलाई सलाम देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । देशको मुहार फेर्न तिमी सधैँ अघि बढ्यौ स्वतन्त्रता र न्याय खातिर लड्दालड्दै मयौ यस्ता वीर सप्रतलाई लाखौं लाख सलाम देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । जनताका आवाजमा आफ्नो बोली गाँस्दै आफ्ना हक खोस्नेसित हरदम लड्दै हार कैले नमान्ने योद्धालाई सलाम देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । शोषित पीडित जनताको आत्मबल भर्ने दीनदुःखीका सपनालाई अति माया गर्ने भेदभावका पर्खाल तोड्ने वीरलाई सलाम देशका लागि हाँस्दै…