Browsed by
Category: Audio Album-2 Hami Pahile Nepali

Lyricist- Nawa Raj Subba

Sabai Bhanda Dherai

Sabai Bhanda Dherai

६) सबैभन्दा धेरै सबैभन्दा धेरै मलाई देशको माया लाग्छ मेरा सन्तान भनी रुने देशको माया लाग्छ । प्रकृतिले बनाइदिए तराई पहाड हिमाल सुन्दरताको नाना खानी यही“ नै छ विशाल परिश्रमी हात मिलाइ जुट्न मन लाग्छ सबैजना मिलिजुली हिंड्न मन लाग्छ । म त जान्न परदेश गाउ“घर बिर्सी जन्मिएको हुर्किएको देशबाट उठी यो देशलाई झिलिमिली बनाउने मन छ अठोटलाई व्यवहारमा देखाउने मन छ । (गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का, एल्बम- हामी पहिले नेपाली) download

Aamaako Geet

Aamaako Geet

(५) आमाको गीत अरुको लाख आमाको काख कसरी खोसियोे जलेझैं भयो मनमा आगो कसरी झोसियो । यो मनमै बस नबस बनमा न काँढामा फिँजाएँ छाती आएर बस नजाऊ डाँडामा । मलाई यो के भो आमाको मन बुझ्न सकिन उनको पीरको थाप्लोको नाम्लो बोक्न सकिन । (गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का, एल्बम- हामी पहिले नेपाली) download

Janmiun Hami Nepalma

Janmiun Hami Nepalma

(४) जन्मियौं हामी नेपालमा जन्मियौं हामी नेपालमा, नेपालमैं बाँच्न पाऊँ बाँचुञ्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ । यी आँखा, मन उघ्रन्छन् हिमाल हाँसेको देखे बलिया बन्छन् यी पाउ पहाड पाखालाई टेके सभ्यता, समृद्धि मौैलाउने यो मधेशमा रमाऔं बाँचुञ्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ । आमाको छाया, मायामा, देशभक्तिमा रमाऔं सम्मान गरौं पहिचान एकतालाई बचाऔं नेपालीपनले बचाउँछ जहाँ तहाँ हामी जाऔं बाँचुञ्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ । (गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का,…

Read More Read More

Junai Akash

Junai Akash

(३) जुनै आकाश मुनि जुनै आकाशमुनि म हिमाली छाया देख्छु जहाँ पुगे’नी छाम्दा नेपाली माया भेट्छु । हामीलाई चिनाउने पुर्खाको वीरता छ आफूलाई सम्झाउने माटोको ममता छ बाडुली लाग्दा खेरि म तिमीलाई सम्झन्छु जहाँ पुगेनी छाम्दा नेपाली माया भेट्छु । सात समुन्द्र तरें अनगिन्ति रात गनें घर फर्कने त्यो दिन नखोसि देऊ भनें जता पुगे’नी सगरमाथाकै छाया देख्छु जहाँ पुगेनी छाम्दा नेपाली माया भेट्छु । गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का, एल्बम- हामी पहिले नेपाली) download

Ekata Geet

Ekata Geet

(२) एकताको गीत गीत गाऔं एकताको गीत गाऔं वीरताको हे ! पराक्रमी नेपाली लौ नाचौं राष्ट्रियताको । स्वतन्त्रता हाम्रो गीत जनताको सदा जीत जोगाउछौं हाम्रो हित कर्मसित राम्रो प्रीत । अनेकतामा एकता भावनामा पवित्रता पहिचान विविधता उर्बरता सुन्दरता । (गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का, एल्बम- हामी पहिले नेपाली) download

Hami Pahile Nepali

Hami Pahile Nepali

(१) हामी पहिले नेपाली… हामी पहिले नेपाली अनि मात्र अरू देश टुक्रिन दिदैनौं ज्यान दिन्छौं बरु । नेपाली चिनाउँने हिमाल सगरमाथा अरनीको कला र गोर्खाली वीरगाथा अखण्ड यो भूखण्ड हो यही स्वाभिमान फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान । माघीनाच, धाननाच, सिरुवा अनि रोदी झाँगडनाच, देउडा, झिंन्झिया हुन् ढुकढुकी हामीलाई बचाउने संस्कृति छ महान फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान । (गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का, एल्बम- हामी पहिले नेपाली) download