Browsed by
Category: समालोचना

‘म एउटा च्यातिएको पोष्टरभित्र’ कवितामा बानिरा गिरी । (टिप्पणी)

‘म एउटा च्यातिएको पोष्टरभित्र’ कवितामा बानिरा गिरी । (टिप्पणी)

डा. नवराज सुब्बा म मान्छे !च्यात्तिएका वाक्यका टुक्राहरुकापटक–पटक बेग्ला–बेग्लै अर्थ नलगाऊमैले आफ्नै कहानी बिर्सिसकेकी छु । अगेनाको छेउबाटमीनपचासको ढिकीमाएउटा बूढानाति–नातिनासंग लोककथा भन्छ ।पारोहाङ र लेप्मुहाङ ओर्लन्छबूढाका आँखाहरुमा मानौं उ स्वयंएउटा शिव एउटा युगको र सतिदेवीलाई उसले हराइसकेको छदक्षको यज्ञमा ।[…](‘म एउटा च्यातिएको पोष्टरभित्र’ वानिरा गिरी, साझा कविता, २०४९, पृ.३४०) साझा प्रकाशनद्वारा (२०४९ पाँचौं प्रकाशनमा) प्रकाशित कवि वानिरा गिरीको प्रस्तुत कविता पढेर मैले आज कविताको धित मार्ने कोशिस गरें । सर्वप्रथम कविताको पहिला चार हरफले दिल छोयो म मन्त्रमुग्ध भएँ ।…

Read More Read More

‘मान्छे हराएको देश’ भित्र कवि कृष्ण पहारीलाई खोज्दा

‘मान्छे हराएको देश’ भित्र कवि कृष्ण पहारीलाई खोज्दा

– डा. नवराज सुब्बा — (क) पृष्ठभूमि साहित्य अमर छ । साहित्यकारको भौतिक शरीर नरहे पनि उनका लिखित अनुभूति, स्वाद, आग्रह र सन्देश सधैं जीवित रहन्छन् । नेपालको एक ऐतिहासिक तथा सुन्दर जिल्ला पाल्पा निवासी कवि कृष्ण पहारीलाई म ‘स्वर्गीय’ शब्दले सम्बोधन गर्न त्यसैले चाहन्न । उनीसंग मेरो देखभेट कहिल्यै भएन । कुराकानी त भयो तर फोनमा, फेसबुकमा, म्यासेञ्जरमा मात्र । उनले केही वर्ष अघि मलाई उनको प्रकाशित कवितासंग्रह ‘मान्छे हराएको देश’ समीक्षार्थ कुरीयर मार्फत् पठाएका थिए । उनीसंगको कुराकानीमा मैले ‘हुन्छ…

Read More Read More

‘म किन लेख्छु !’

‘म किन लेख्छु !’

(कृति परिचय तथा समीक्षा) डा. नवराज सुब्बा (क) पृष्ठभूमि यो प्रश्न पुस्तकका लेखक डा. तुलसी भट्टराईको हो । यो प्रश्न मेरो पनि हो । अनि यो प्रश्न समस्त लेखकहरुको हो । त्यत्ति मात्र हैन यो जिज्ञाशा पाठकको समेत हो । नपत्याए फेसबुकका वालहरुमा पोतिएका अक्षरहरु हेरौं ! लेख्नमा को भन्दा को कम छ र । अलि जान्नेले लामो पाराले लेख्छन्, सिकारुले अलि छोटो लेख्छन् । लेख्न नसक्नेले फोटो खिचेर तस्बिर फेसबुकवालमा राखेकै छन् । यिनीहरु अभिव्यक्तिकै स्परुपहरु हुन् । आज…

Read More Read More

‘किरात तीर्थस्थल : सानो हात्तीबन’ पुस्तकको समीक्षा

‘किरात तीर्थस्थल : सानो हात्तीबन’ पुस्तकको समीक्षा

– डा. नवराज सुब्बा (क) पुष्ठभूमि इतिहास निर्माता तथा इतिहासकारलाई समयका विभिन्न कालखण्डमा जनताले जय मात्र हैन मूर्दावाद पनि भन्दारहेछन् । मन परे पनि नपरे पनि इतिहास पढ्नै पर्छ र त्यसबाट पाठ सिक्नै पर्छ, यो नै स्थापित मान्यता हो । इतिहासले इतिहासकारलाई प्रवेश गर्ने ढोका सदा खुल्ला राखेको छ, जसले भावी पिढीलाई इतिहास सुदृढ गर्ने, सच्याउने र पुनर्लेखन गर्न पनि मार्ग प्रसस्त गरेको हुन्छ । व्यक्तिगत स्वार्थ त्यागेर समुदाय, बर्ग, देशको लागि इतिहासको अनुकरण र सामञ्जस्य गर्ने वीरहरुको खोजी इतिहासले…

Read More Read More

विवाहोत्सवमा सृजनात्मक अभिनन्दन ग्रन्थ

विवाहोत्सवमा सृजनात्मक अभिनन्दन ग्रन्थ

(कृती परिचय तथा समीक्षा) – डा. नवराज सुब्बा (क) पृष्ठभूमि मेरो हातमा जब यो ‘विजय/पार्वती खरेल स्वर्ण विवाह उत्सव विशेष पुष्पाञ्जली’ कृति पर्यो तब मैले सोचें कृतिभित्र वैवाहिक जीवनका तीतामीठा अनुभूति, अन्तरङ्ग समेत समेटिएका सामग्री संग्रहित होलान् । अब म यो सामग्री मेरी श्रीमातिका साथ पढ्नेछु, मनमा सोचें । घरमा आएर पुस्तक हेर्दै गएँ यो त साहित्यकार विजय खरेलका विशुद्ध साहित्यिक यात्राका समीक्षा र समालोचना र साहित्यिक सामग्री संग्रहित अभिनन्दन ग्रन्थ पो रहेछ ।

गीतकार राममान ‘तृषित’का प्रेमील अभिलाषा ‘मनदेखि मनसम्म’ (समालोचना)

गीतकार राममान ‘तृषित’का प्रेमील अभिलाषा ‘मनदेखि मनसम्म’ (समालोचना)

– डा. नवराज सुब्बा (क) पृष्ठभूमि – गीतकार डा. राममान श्रेष्ठ ‘तृषित’ पेशाले एक कुशल चिकित्सक थिए भने कलाले नेपाली साहित्यमा गीतिक्षेत्रका एक सिद्धहस्त हस्ताक्षर हुन् । उनका गीत रेडियो नेपालबाट श्रोतामाझ पुगिसकेका छन् । उनले आफ्ना गीतरचनालाई सङ्ग्रहका रुपमा पनि प्रकाशित गरेका छन् । त्यसमध्ये उनको ‘मनदेखि मनसम्म’ गीतिसंग्रह अहिले मेरो हातमा छ । यो सङ्ग्रह हातमा परेपछि मलाई यसले केही कोर्न बाध्य तुल्यायो । हुन त म समालोचक वा समीक्षक होइन । तापनि एउटा गीतकारको पीडा म पनि…

Read More Read More

मुक्तकमा नवराज सुब्बाको चीत्कार (समीक्षा) ध्रुव मधिकर्मी

मुक्तकमा नवराज सुब्बाको चीत्कार (समीक्षा) ध्रुव मधिकर्मी

कविता गीत निबन्ध आदि विविध विधामा निरन्तर साहित्य साधना गरिरहेका स्रष्टा हुन् नवराज सुब्बा । कविताका प्रायः सबै विधामा उनले कलम दौडाएका छन् कविता गीत गजल । बाकी रहेको विधा मुक्तक हो । चीत्कारको प्रकाशनले उनी मुक्तकका क्षेत्रमा पनि अब चिनिने भएका छन् । उनी दैनन्दिनी जीवनका अनुभव र समसामयिक भोगाइको निचोडलाई सहज र स्वाभाविकताका साथ आफ्ना रचनामा अभिव्यक्त गर्ने प्रयास गर्छन् । जीवन मेरो शब्दकोशमा , बीच बाटोमा ब्यूझेर, यात्रा आधा शताब्दीको कवितासंग्रह, शहीदलाई सलाम गीतसंग्रह र मनको मझेरी…

Read More Read More

नवराजको थप कृति बजारमा (कृतिसमीक्षा) – हिंडपाली साइँलो

नवराजको थप कृति बजारमा (कृतिसमीक्षा) – हिंडपाली साइँलो

खेताला लगाएर कृति तयार नगरेका, विज्ञापनद्धारा मात्र चर्चामा आउनु नपरेका तथा कलम, मेहनत तथा लगनशीलताद्धारा ठुलाहरुबीच कुम जोडने हैसियत बनाउंदै गएका साहित्यकार नवराज सुब्बाको थप कृति मुक्तक संग्रहका रुपमा ‘चीत्कार’ आएको छ । यसैवर्ष प्रथम संस्करणमा आएको यो कृतिको आवरण लेखक आफैंले सजावट कौशलराज सुब्बाले प्रकाशण वाणी प्रकाशनले तथा मुद्रण अरनिको छापाखानाले गरेको कुरा सो कृतिमा छापिएकैबाट थाहा हुन्छ । बाँचिराखेका अग्रजहरुमा संभवत तेश्रो जेठा विद्धान प्रा. बालकृष्ण पोखरेलको भूमिका रहेको सो प्रकाशित कृतिमा एकसय एक मुक्तकहरु रहेका छन् ।…

Read More Read More

साहित्य र सङ्गीतका दोभान नवराज सुब्बा (मधु पोखरेल)

साहित्य र सङ्गीतका दोभान नवराज सुब्बा (मधु पोखरेल)

पृष्ठभूमि वि.सं. २०५३/५४ सालतिर हामी एउटै संगठनभित्र थियौं– म चाहिं बिराटनगरमा, नवराज सुब्बा सायद धनकुटामा । क्षेत्रीय गोष्ठीहरूमा, सभा-सम्मेलनहरूमा भेट हुन्थ्यो । त्यतिबेलाको क्षणिक भेटहरूले यति गाढा र घनिष्टताको आकार ग्रहण गर्ला भन्ने कहाँ थाहा थियो र ! तर भयो यस्तै । अन्यन्त शालीन, मृदुभाषी र गम्भीर व्यक्तित्व नवराज सुब्बा । साहित्य र संगीतप्रतिको अभिरुचिले नै हामी दुईलाई यति नजिक पारेझै लाग्छ । सायद २/४ भेटमा नै साहित्यप्रतिको झुकाव र केही सामग्री तैयार गरिसकेको जानकारी प्राप्त भयो । त्यसबेला म…

Read More Read More

सुन्दर र सरल कविताहरुको संगालो (समालोचना) रामप्रसाद खरेल

सुन्दर र सरल कविताहरुको संगालो (समालोचना) रामप्रसाद खरेल

नवराज सुब्बा आफैंमा एक परिचित नाम हो । लामो समयदेखि साहित्यको क्षेत्रमा साधनारत नवराज सुब्बाका पाँच वटा साहित्यिक कृति, जनस्वास्थ्य सम्बन्धि ३ वटा र संगीततर्फ ‘देशको माया’ गीति एल्बम, ‘लुकेको रहर’ गजल एल्बम, ‘नवराज सुब्बाको प्रतिबिम्व’ भिडियो लगायत फूटकर रुपमा थुप्रै गीतहरु भइसकेका छन् ।