Browsed by
Category: इतिहास संस्कृति

‘किरात लिम्बू संस्कृति मानवशास्त्रीय विवेचना’ (अन्तिम पाना)

‘किरात लिम्बू संस्कृति मानवशास्त्रीय विवेचना’ (अन्तिम पाना)

डा. नवराज सुब्बा ।  अतः हामी वर्तमानमा जे छौँ त्यो सत्य हो । तर हाम्रो अतीत हेर्ने दृष्टिकोणमा केही दोष छ । त्यो अज्ञानतावश मात्र भएको हैन, नियतवश पनि त्यसो भएको छ । तर त्यो मानवीय चरित्र पनि हो । यो पनि सत्य हो । यसकारण यस्ता मानवशास्त्रीय, समाजशास्त्रीय घटनाक्रम र परिदृपरिदृश्यलाई हामीले मनोविज्ञानको दृष्टिले हेर्न सकेमा जिज्ञासा केही हदसम्म शान्त हुनेछन् । एक प्रसङ्गमा मिचिगन विश्वविद्यालयका प्राध्यापक मारोहाङ लिम्बूले तुङदुङ्गे मुन्धुमसम्बन्धी मेरो वेभनेर जुम प्रस्तुतिउपर दिनुभएको एक प्रतिक्रिया यु–ट्यूबमा…

Read More Read More

‘किरात लिम्बू संस्कृति मानवशास्त्रीय विवेचना’ (भूमिका)

‘किरात लिम्बू संस्कृति मानवशास्त्रीय विवेचना’ (भूमिका)

डा. नवराज सुब्बा । मभित्र जब चेतना आयो, त्यसपछि मनमा खुलदुली चल्न थाले । म कहाँबाट आएँ होला ? यो रुख, ढुङ्गा कसले बनायो होला ? यो खोल्सा, खोला, नदी, कहाँ पुग्छ होला ? धाराबाट बग्ने पानी निरन्तर कसरी उम्रिरहन्छ ? यी डाँडाकाँडा, हिमाल, खोला, नदी, संसार, पृथ्वी, जून, तारा ब्रह्माण्ड कसले रचना किन गर्यो होला ? ती मेरा बालसुलभ जिज्ञासालाई अभिभावक, गुरू, शास्त्रले मात्र शान्त पार्न सकेनन् । सामाजिक वर्ग, भेदभाव, छुवाछूत, जातपात, राजनीति, संस्कृति, धर्म मानव उपज वस्तु…

Read More Read More

भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको मानवशास्त्रीय दृष्टिकोण

भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको मानवशास्त्रीय दृष्टिकोण

डा. नवराज सुब्बा । पृष्ठभूमिनेपाली बाङ्मयमा भाषा अध्येताका लहरमा छुटाउनै नमिल्ने नाम हो भाषाशास्त्री बालकृण्ण पोखरेल । एकथरी भाषाविद् नेपाली भाषालाई पहाडी हिन्दी मानेर भारोपेली परिवारभित्रको एक भाषाको रुपमा चिन्दछन् । अर्काथरी भाषाविद् नेपाली भाषालाई संस्कृत र हिन्दीको एक भाषिकाको रुपमा समेत देख्दछन् । वि.स. २०१३ सालमा संखुवासभाबाट ‘नौलो पाइलो’ पत्रिकाबाट बालकृष्ण पोखरेल, बल्लभमणि दाहाल, कोशराज रेग्मी, तारानाथ शर्मा र चुडामणि रेग्मीले संयुक्त रुपमा नेपाली झर्रोवादी भाषिक अभियान आरम्भ गर्नुभयो (न्यौपाने, २०७५)। वि.स. २०६३ सालमा आन्दोलनको स्वर्णजयन्ति विशेषाङ्क प्रकाशित भइसकेको…

Read More Read More

Phalgunanda the Great Master

Phalgunanda the Great Master

महागुरु फाल्गुनन्दको जीवन दर्शनको विवेचना – डा. नवराज सुब्बा   कुनै जातिको धर्म उसको संस्कृतिको रुपमा प्रकट हुन्छ (Mulder, 1985) । धार्मिक आस्था जीवन र जगतको ज्ञान, धारणा एवम् संस्कृति बनेर दरसन्तानमा सर्ने गर्दछ (Geertz, 1985) । यसकारण धर्म र संस्कृति एकअर्कामा सम्बन्धित छन् । माथिको भनाइबाट के कुरा थाहा हुन्छ भने कुनै पनि धर्म वा संस्कृतिमा आबद्ध मानिसलाई आफूले परिवार वा समुदायबाट हासिल गरेको संस्कृति वा धर्मले पार्ने प्रभावले गर्दा आफूले जानेका वा जान्न खोजेका बाहेक अन्य सत्यतथ्य सुन्ने,…

Read More Read More

मत्स्यदेश मदेश आजको मधेश

मत्स्यदेश मदेश आजको मधेश

– डा. नवराज सुब्बा विषय–प्रवेशमधेश शब्दलाई नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित शब्दकोशले परिभाषित गरेको छ । १. अग्लो होचो र डाँडाकाँडा नभएको एकदम समथर भूमि, तराई, मधेश । २. हिमालदेखि दक्षिण, विन्ध्य पर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व प्रयागदेखि पश्चिमपट्टि पर्ने समथर भूभागको पुरानो नाउँ, मध्यप्रदेश (Nepal Academy, 2020) । नामको शब्दार्थ रहेको शब्दकोशले मधेश भनेको एक हिन्दू देवता बताएको छ (hamriweb, 2010)। अर्को एक नामावली शब्दकोशले मधेश अर्थ महादेव शिव भनेर प्रष्ट पारेको छ (Babynology, 2020)। अध्ययनको औचित्यमाथिको परिभाषाले के साँच्चै स्थान…

Read More Read More

ज्ञान मुन्धुमले जोड्छ टुक्र्याउँदैन

ज्ञान मुन्धुमले जोड्छ टुक्र्याउँदैन

– डा. नवराज सुब्बा आदिवासी आफूलाई भूमिपुत्र मान्दछन् । आफू कतैबाट विस्थापित भएर स्थापित भएको नभइ सोही माटोमा उत्पत्ति भएको विश्वास गर्दछन् । किरात लिम्बूको काशीवंश खाम्बोङ्बाको दुई लिम्बू शब्दले बनेको छ, खाम भनेको माटो र पोङ्बा भन्नाले उठेको भन्ने बुझिन्छ । यसर्थ खाम्बोङ्बाको अर्थ पनि भूमिपुत्र नै हो । यसबाट भूमिपुत्र उक्त क्षेत्रका पुराना बासिन्दा हुन् भन्ने जनाउँछ । तर यी खाम्बोङबाको उत्पत्ति स्थल सुमेर (मेसोपोटेमिया) भएको इतिहासकार इमानसिं चेमजोङको दावी छ (Chemjong, 2003a) । यसलाई भाषाशास्त्री बालकृष्ण पोखरेलको…

Read More Read More

‘सुब्बा’ कति मौलिक र प्राचीन शब्द हो?

‘सुब्बा’ कति मौलिक र प्राचीन शब्द हो?

[अनुसन्धान] डा. नवराज सुब्बा याक्थुङ लिम्बू जातिले थरमा लेख्ने ‘सुब्बा’ शब्दलाई धेरैले पृथ्वीनारायण शाहको पालादेखि चलेको पद्वी ठान्दछन् । अझ नेपाल एकीकरण मन नपराउने आदिवासीले त यसलाई राजनीतक चश्माले धमिलो देख्दछन् । यसरी यो शब्दलाई लिएर स्वयम् लिम्बू समुदायमा एकप्रकारको संशयपूर्ण दृष्टिकोणको विकास भएको पाइन्छ । हामी कति सतही रुपमा बाँचेका रहेछौं भन्ने बुझेपछि आफूले गरेको अध्ययन र धारणा सार्वजनिक गर्दैछु । सर्वप्रथम यसको पृष्ठभूमिमा म आफैलाई लिएर आफ्नो बाल्यकाल करिव २०२४ देखि २०३४ सालतिरको मेरो गाउँको ताप्लेजुङ हाङपाङस्थित सरस्वती…

Read More Read More

मेवाहाङको प्राचीन स्थल मेवाखोला

मेवाहाङको प्राचीन स्थल मेवाखोला

डा. नवराज सुब्बा [अनुसन्धानमूलक लेख] ताप्लेजुङ जिल्लामा पर्ने मेवाखोला साँबा लिम्बू जातिको पैत्रिक स्थल वा थूम हो । यो थूमको नाम त्यहाँ बग्ने एक नदीको नाममा रहेको छ । यो मेवाखोलालाई लिम्बू भाषामा मिक्वाखोला अर्थात् आँशुको खोला अर्थमा हाल मिवाखोला पनि भनिन्छ । आजकल मेवाखोलाको सट्टा मिवाखोला लेख्ने वा मिक्वाखोला भन्ने चलन बढेको छ । यो किन र कसरी भयो होला? के हामीले हिजो गलत बोलेर वा लेखेर आज सही भन्न वा लेख्न खोजेका हौं? या आज सुधार्ने नाममा ऐतिहासिक…

Read More Read More

गाईजात्रालाई यो वर्ष पनि स्वागत छ!

गाईजात्रालाई यो वर्ष पनि स्वागत छ!

– डा. नवराज सुब्बा  ।नेपाल भाषामा ‘सापारु’ भनिने गाईजात्रा नेवार जातिको मौलिक साँस्कृतिक पर्व तथा परम्परा हो । यो पर्व वर्षेनी भाद्र शुक्ल प्रतिपदाको दिन भव्य जात्राको रूपले नेपालभर मनाईन्छ । गाईजात्रालाई विभिन्न ढंगले मनाइन्छ । नेपालमा निरंकुश शासन व्यवस्था चलेको बेलामा जनता वर्षमा एकदिन भए पनि कलाकारहरू शासकहरूका काला–कर्तुत र क्रियाकलापउपर हाँस्य–ब्यङ्ग्यले प्रहार गर्ने गर्दथे । यसरी कलाकारहरूले अभिनयद्वारा व्यङ्ग्य–वाँण हान्दा शासकवर्ग रन्थनिन्थे, मुर्मुरिन्थे तर जनता भने आनन्दित हुन्थे । त्यसैले यो पर्व जनमानसमा रमाइलो चाड़को रूपमा स्थापित भएको…

Read More Read More

ग्रेटर नेपालका नायक किराती राजा लोहाङ सेन

ग्रेटर नेपालका नायक किराती राजा लोहाङ सेन

डा. नवराज सुब्बा चारसय वर्षअघि काठमाडौं खाल्डोपूर्वको किरातकालिन इतिहासले आधुनिक नेपाल निर्माणको आधारशिला निर्माण गरेको थियो । हालको संघीय गणतान्त्रिक नेपालमा काठमाडौंपूर्व तीन प्रदेश निर्माण भएका छन् । ऐतिहासिक किराती राजा लोहाङ सेनको मकवानपुर हाल प्रदेश न ३ भएको छ । उनकै नामबाट रहेको लाहान नगर हाल प्रदेश न. २ मा पर्दछ । उनकै शासनकालमा स्थापित मोरोङ राज्यको राजधानी विजयपुर हाल प्रदेश न. १ मा रहेको छ । यति मात्र हैन, उनको शासनकालमा दखल गरिएको तर हाल नेपाली भूभागबाहिर पर्ने…

Read More Read More