Browsed by
Category: Notes on Public Health

A Brief Note on Health Psychology

A Brief Note on Health Psychology

Dr. Nawa Raj Subba Health psychology is a behavioral medicine having interdisciplinary scopes including both medicine and psychology. It deals with the psychological and behavioral processes. Health psychology commits overall individual’s well being and health. Religion organizes the system of beliefs and practices. Spirituality connects self to self-others nature and ultimate others. Spiritual health maintains harmonious relationships with other living things and having otherworldly heading and reason. This incorporates living according to one’s ethics, morals, and values.

भाइरल ज्वरो इन्फ्लुएन्जा

भाइरल ज्वरो इन्फ्लुएन्जा

(डा.नवराज सुब्बा) जनस्वास्थ्यमा इन्फ्लुएन्जालाई तीन किसिमले बुझ्न र र बुझाउन सकिन्छ । तीनै किसिमका इन्फ्लुएन्जा रोगका कारक भाइरसका विभिन्न प्रजाति हुन्छन् जसबाट मानिस र पशुपङ्खीहरूमा इन्फ्लुएन्जा रोग लाग्दछ । पहिलो हो, मौसमी अर्थात् सिजनल इन्फ्लुएन्जा जसमा श्वासप्रश्वास प्रणालीमा असर गर्दछ फलस्वरूप खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने गर्दछ । यो रोग प्रायः भाइरसको पुरानो प्रजाति अर्थात् भाइरस ‘ए’ बाट लाग्दछ । नेपालमा यो रोगको प्रकोप जाडो सुरु हुने समयमा स्थानीय रूपमा फाटफुट र कतै महामारीको रूपमा देखा पर्दछ ।…

Read More Read More

एम्बुलेन्स सेवा प्रभावकारी बनाउने उपाय

एम्बुलेन्स सेवा प्रभावकारी बनाउने उपाय

डा. नवराज सुब्बा आकस्मिक रूपमा चाहिने एम्बुलेन्स सेवा स्वास्थ्य प्रणालीको महत्वपूर्ण सहायक सेवा हो । यातायात पुगेका स्थानमा आजकल समुदायस्तरबाट समेत एम्बुलेन्सको व्यवस्था गरिएको छ । गाउँ गाउँमा खुलेका सहकारी, अस्पताल तथा सामाजिक धार्मिक संघ संस्थाहरूले पनि एम्बुलेन्स सेवा संचालन गरेर सेवा दिन थालेका छन् । तर यही अत्यावश्यक एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय आज ढुक्क हुनसकेका छैनन् । भनेको बेलामा एम्बुलेन्स नपाइनु, आपद विपद् परेको बेला एम्बुलेन्सको लागि सम्पर्क गर्दा फोन नउठाउने गरेको, सम्पर्क भईहाले एम्बुलेन्स बिग्रेको भनेर नआउने गरेको…

Read More Read More

मोरङको आधारभूत मानसिक स्वास्थ्य स्थिति — नवराज सुब्बा

मोरङको आधारभूत मानसिक स्वास्थ्य स्थिति — नवराज सुब्बा

विश्व स्वास्थ्य संगठनले गरेको परिभाषा अनुसार केवल रोग मुक्त र दुर्बल नहुँदैमा कुनै व्यक्ति स्वस्थ भयो भन्न मिल्दैन । शारीरिक, मानसिक, सामाजिक एवम् आत्मिक हिसाबले कुनै ब्यक्ति तन्दुरुस्त रहेको अवस्थालाई मात्र स्वास्थ्य भनिन्छ । मनोवैज्ञानिक दृष्टिकोणले हेर्दा समय र वातावरण अनुसार अगाडि बढ्ने क्षमता, भावनात्मक द्वन्द्वबाट ज्यादै विचलित नहुने क्षमता, अर्थपूर्ण रूपले जीवन यापन गर्न सक्ने क्षमता, उत्पादनशील काम गर्ने क्षमता, अरूसंग सम्बन्ध राख्ने वा निरन्तरता गर्ने क्षमता, कुनै प्रकारको मानसिक रोगको खास लक्षण नभएको अवस्थालाई मानसिक स्वास्थ्य भनिन्छ । सामान्यतयाः…

Read More Read More

राष्ट्रिय दादुरा रुबेला खोप अभियानः जान्नु पर्ने केही कुराहरू

राष्ट्रिय दादुरा रुबेला खोप अभियानः जान्नु पर्ने केही कुराहरू

राष्ट्रिय दादुरा रुबेला खोप अभियानः जान्नु पर्ने केही कुराहरू — नवराज सुब्बा पृष्ठभूमि दादुरा अति संक्रामक रोग हो । नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरु मृत्यु गराउने प्रमुख कारण मध्ये दादुरा रोग एक हो । दादुरा खोपबाटै विश्वमा दादुरा रोगमा कमि आएको छ । नेपालमा सन् २००४ र सन् २००८ मा दादुरा खोप अभियान संचालित थियो । फलस्वरुप नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरुमा सन् १९९० को दशकको तुलनामा बालमृत्युदरमा ५० प्रतिशतले कमि आएको छ ।

बिपन्न मोरङवासीलाई औषधोपचारमा सरकारी सहायता – नवराज सुब्बा

बिपन्न मोरङवासीलाई औषधोपचारमा सरकारी सहायता – नवराज सुब्बा

नेपाल सरकारले २०६७ साल चैत्र महिनादेखि आर्थिक रुपले बिपन्न नागरिकलाई क्यान्सर, हृदयरोग, एल्जाइमर, पार्किन्सन्स वा मृगौला आदि जस्ता कडा रोग लागेको अवस्थामा उपचार गराउँदा आर्थिक सहायताको व्यवस्था गरेको छ । यसरी कडा रोग लागेर विरामीलाई नेपालमा वा विदेशमा गई उपचार गराउँदा मेडिकल बोर्डको सिफारिसमा बढीमा रु एक लाख रुपैयासम्मको औषधी उपचार खर्च प्रदान गर्ने व्यवस्था मिलाएको हो । २०६८ कार्तिक महिनाअघि यो रकम रु ५० हजार रुपैयासम्म मात्र तोकिएको थियो ।

भाइरल ज्वरो सम्बन्धी महत्वपूर्ण तथ्यहरू – नवराज सुब्बा

भाइरल ज्वरो सम्बन्धी महत्वपूर्ण तथ्यहरू – नवराज सुब्बा

१. विषयप्रवेश सामान्य भाषामा भन्नुपर्दा इन्फ्लुएञ्जा रोगलाई भाइरल ज्वरो, रुघामर्घी वा रुढी वा फ्लू भनेर पनि चिनिन्छ । तर कहिलेकाहीं यसले घरपरिवारका धेरै सदस्यलाई, विद्यालय वा छात्रावासका धेरै विद्यार्थीलाई तथा अस्पताल, कारागार, ब्यारेकजस्ता एकत्रित भएर बस्ने मानिसलाई एकसाथ प्रभावित पार्दछ । जसलाई हामी महामारी भन्दछौं । मोरङ जिल्लामा गत आर्थिक वर्ष २०६८/६९ सालमा ३७१४ जनाले इन्फ्लुएञ्जा रोगको उपचार स्वास्थ्य संस्थाहरुमा गरेको तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा रहेको पाइन्छ । उक्त तथ्यांक हेर्दा वर्षैभरि यो रोग देखिएता पनि वैशाक देखि भाद्र…

Read More Read More

नेपालको राजवंशी समुदाय र तिनका मौलिक सांस्कृतिक परम्पराहरू – नवराज सुब्बा

नेपालको राजवंशी समुदाय र तिनका मौलिक सांस्कृतिक परम्पराहरू – नवराज सुब्बा

१.१ पृष्ठभूमि पूर्वी नेपालकोकोच समुदाय राजवंशी नामले परिचित छ । यो समुदाय मोरङ र झापा जिल्लाका विभिन्न भागमा विगत लामो समयदेखि बसोबास गर्दै आएका छन् । राजवंशीको अर्थ हुन्छ “राजपरिवार” अर्थात् “राजवपरिवारसंग आबद्ध” । राजामहाराजाको वंशका भएकाले यिनीहरूले आफूलाई राजवंशी भनेका हुन् । यसले के कुरा बुझाउँछ भने यो समुदायको कुनै समय समृद्ध राज्य र सम्पन्न संस्कृति थियो । राजबंशी जातिलाई कोच अर्थात् कोचे भनेर पनि चिनिन्छ ।

मृत्युदायक सूर्तिजन्य पदार्थ (नवराज सुब्बा)

मृत्युदायक सूर्तिजन्य पदार्थ (नवराज सुब्बा)

सूर्तिजन्य पदार्थ जुनसुकै बहानामा प्रयोग गरे पनि मृत्युदायक छ । हरेक वर्ष ३१ मईका दिन विश्वभर जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी विश्व धूम्रपान दिवस मनाइन्छ । सुर्तिजन्य पदार्थले जनस्वास्थ्यमा पार्ने गम्भीर असरबाट मुक्त राख्न विश्व स्वास्थ्य संगठनले सन् १९८७ सालदेखि नै सूर्तिविरुद्घ जनचेतना फैलाउन विश्व धूम्रपानदिवस विश्वभर सदस्य राष्ट्रहरूमा मनाउदै आएकोछ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा एक अर्ब तीस करोड भन्दा मानिसहरूले धूम्रपान गर्दछन् । यसकै प्रत्यक्ष असरबाट बर्षेनी ५० लाख मानिसहरूको मृत्यु हुने गरेकोछ । नेपालमा प्रतिवर्ष १५…

Read More Read More