जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बा गम्भीर छन् । उनीसँग मेरो जतिपल्ट भेट भएको छ, त्यत्ति नै पल्ट मैले उनलाई गम्भीर मुद्रामा पाएको छु । कार्यालयको कामको सिलसिलामा, अन्य औपचारिक र अनौपचारिक कार्यक्रमहरूमा प्रायः एउटै मुद्रा र भावभङ्गीमा फेला पर्ने नवराज सुब्बा किन आवश्यकता भन्दा बढी भद्र छन्, सुशील छन् ? यो प्रश्न मेरो मनमा बारम्बार उठेको हो । जब मैले उनको कविता सङ्ग्रह ‘जीवन मेरो शब्दकोशमा’ फेला पारें, त्यसपछि मात्र मेरा सारा जिज्ञाशाहरू शान्त भए ।
जीवन मेरो शब्दकोशमा
गीत, कविता, ओठ, पानामा
पोखिएर कहिल्यै नसिद्धिने
मानवता, भाइचारा, समानता हुन्
फूल, पात, जून, तारामा
अभिव्यक्त हुन नसकेका
मानवीय दृष्टि, र्स्पर्श, स्वाद, गन्ध हुन्

नवराजले आफूले कविता कोर्नुको भेदा खोल्दै बोलेका छन्, यो कवितासङ्ग्रह बिगत तीन दशकको कालखण्डमा व्यतीत मेरो जीवनको एक प्रतिबिम्ब हो । आफूभित्र जीवनको अर्थको खोजीमा सिर्जित कविताहरूको प्रस्तुत सङ्ग्रह साहित्य दुनियाँमा म यहाँसम्म आइपुगेको एक जनाउ हो ।

नवराज सुब्बा जनस्वास्थ्यका विज्ञ हुन् । यो अर्थमा उनका स्वास्थ्यसम्बन्धी लेखहरू बारम्बार प्रकाशित भैरहन्छन् । ‘जनस्वास्थ्य पाटा,बाटा र अनुभूति’ शीर्षकको लेखसङ्ग्रह पनि उनले हालै प्रकाशित गराएका छन् । अध्ययनकै क्रममा उनी चीन, भारत, बंगलादेश, थाइल्याण्ड, इण्डोनेशियाजस्ता देशहरू भ्रमण गरिसकेका एम.पी.एच. एवम् एम.ए. को औपचारिक शिक्षा पूरा गरेका नवराज भावुक पनि छन् र संवेदनशील पनि छन् । तीन दशकदेखि आफूले कोरेका, लेखेका कविता र गीतहरूलाई र्सार्वजनिक गरेर उनले आफूलाई कवि एवम् गीतकार हुनुको यथार्थलाई र्सार्वजनिक गरे ।
सागर नै त सुक्छ भन्छन्
आँसु किन सुक्न सक्दैन
व्यथा बोकी हिंड्ने मुटुले
म्ाया किन भुल्न सक्दैन

जागिरमा स्वास्थ्यसम्बन्धी क्षेत्रलाई राजे पनि कवितामा उनी जीवनसँगसँगै हिंड्न चाहन्छन् । आफ्नै वरिपरिका विषयवस्तुलाई उनी टिप्छन् र लेख्छन् । नवराज जीवनको मूल्य खोज्ने आग्रह गर्छन्, हिंसाबाट आग्रह गर्छन्, हिंसाबाट आक्रान्त जीवनशैलीलाई नियाल्छन् । र पलायन भन्दा संघर्षको बाटो अवलम्बन गर्न आग्रह गर्छन् । सपनाको खोजीमा, उज्यालोको खोजीमा बलिदान भएका जीवनलई उनी यसरी स्मरण गर्छन्-
यो दियामा
खोजेको उज्यालो
रोजेको आस्था यही हो भनेर
झुम्मिएर डढेका
हजारौं पुतलीहरूको लास
दियोको वरिपरि देख्छु
भावनाको पखेटा जलेका

नवराज सुब्बाका कविता विविध अर्थ र भावको सेरोफेरोमा घुमेको छ । प्रसिद्ध कवि वैरागी काइँलाले लेख्नु भएको छ- ‘कविता सिर्जनाको विषयमा उनलाई जीवन, जगत तथा त्यसप्रतिको चिन्तन दर्शन प्रिय लागेको देखिन्छ भने समसामयिक सामाजिक स्थितिको चित्रण पनि उत्तिकै महत्वपूर्ण लागेको छ । त्यसरी नै उनको कवितामा युवा हृदय धड्कनमा मायालु स्पन्दन र भावले भरिएका पे्रमानुभूतिको अभिव्यक्तिको पनि प्राचुर्यता छ । प्रौढहरूका लागि मात्र होइन, उनले बालबालिकाका लागि पनि कविता, गीत लेखेका छन् । मानवता उनको कवितामा पाइने अर्को विशेषता हो ।

कवि नवराज पीडाका कवितामा पनि कलम चलाउँछन् । उनी पनि शायद पीडा भोगेका छन्, धेरेका ब्यथा, बाध्यता र विवशतालाई नजिकबाट अनुभूति गरेका छन् । उनले ‘छाती’ कवितामा लेखेका छन्-
सबैको यो छातीभित्र
केही रहर हुनसक्छ
कस्तै हुरिबतासमा पनि
यही छातीभित्रै अटाइदिनु
सायद यही छातीले नै
हरेक प्रहार छेक्न सक्छ ।

गीतमा नवराजको रुचि छ । सोह्र थान गीत पनि सङ्ग्रहित छन्, पुस्तकमा । आशा, निराशा, प्रेम, वियोग आदिकै सेरोफेरोमा उनको गीत बगेका छ । नयाँ यात्राको सुरुवात गर्न, नयाँ आकांक्षा पूरा गर्न तयार रहेको प्रतिबद्धता छ नवराजसँग, उनले भनेका छन्-
उही यात्रा आशा नयाँ
सुरु गर्दैछु आफैबाट
संसार उही आँखा नयाँ
खोजी गर्दैछु आफैबाट

गीतलाई लयबद्ध वा स्वरबद्ध भने उनले गराएका छैनन् – पुस्तकमा बोलिएको छैन । लयमा आबद्ध भएपछि मात्र गीतमा मीठास आउँछ । शब्दमा उनको अभिव्यक्ति कोमल छ, कठोर छैन । भावमा उनका शब्दहरू अल्मलिएका छैनन् । यो अर्थमा उनका गीतहरू गायनयोग्य देखिन्छन्, श्रवणयोय लाग्छन् । तीसको दशककै पूर्वार्द्धदेखि लेखन कर्म अपनाएका कवि एवम् गीतकार नवराज सुब्बा साठीको दशकमा आइपुग्दा मात्र आफूलाई र्सार्वजनिक गर्छन्- एउटा स्रष्टको रूपमा । आफूले लेखेर राखेका भावनालाई पाठकसम्म पुर्‍याउँछन् । ताप्लेजुङ, तेह्रथूम र विराटनगरको सेरोफेरोमा घुमेको जीवनयात्रा र सिर्जनायात्रालाई नवराज सुब्बाले निक्कै पछि र्सार्वजनिक गरे पनि उनका अभिव्यक्तिगत वैशिष्ठ्यता एवम् भावसम्प्रेषण कलालाई हामी सबैले सम्मान र स्वागत गर्नै पर्दछ । स्वास्थ्य क्षेत्रमा क्रियाशील यी स्रष्टाको भाषा र साहित्यप्रतिको सम्मोहन र र्समर्पणलाई कदर गर्न सक्नर्ुपर्छ भन्ने मलाई लागेको छ ।

उद्घोष दैनिक, वर्ष१७, अंक ६०, २०६३ कार्तिक ४ गते शनिबार ९क्बतगचमबथ द्दज्ञ इअतयदभच द्दण्ण्ट० पृ. २
 

प्रथम मारवाडी कविगोष्ठी
स्रष्टा र सञ्चारको सम्बन्ध (नवराज सुब्बा)

Leave a Comment