धेरैलाई आफ्नो परिचय दिँदा पेशातिर झुकाव हुँदै दिने गरेका छन् । उनी आफ्नो परिचय पेशा भन्दा पनि फरक रूपले दिन चाहन्छन् । पेशाले उनी जनस्वाथ्य कार्यालयका प्रमुख हुन् । तर उनको नाम पेशा भन्दा पनि साहित्यकार भन्न रुचाउँछन् । उनी हुन् साहित्यकार नवराज सुब्बा ।

उनको पेशालाई अँगाल्न भन्दा पहिलेदेखि नै साहित्य विधाका कविता, निबन्ध लगायत गजल लेख्ने भएकाले उनले आफ्नो परिचयमा पनि साहित्यकार नै जोड्ने गरेका छन् । साहित्यप्रतिको लगावले उनलाई विद्यार्थीकालदेखि नै छिटफुट रूपमा लेख्न सुरू गरेको बताउँछन् । ‘मैले सानैदेखि कविता लगायत अन्य विधामा लेख्न सुरू गरेको हुँ, त्यसैले मैले आफ्नो पेशाले चिनाउनु भन्दा पनि साहित्यकार भन्न रुचाउँछु’ उनले भने । सुब्बा पेशाले जनस्वास्थ्य प्रमुख हुन् । उनको परिचय त्यत्तिले मात्र नपुग्ने भएको छ । २०६७ सालमा ‘लुकेको रहर’ लिएर नेपाली साहित्यकाशमा आफ्नो अलग्गै पहिचानमा लागेका सुब्बाले गजल, गीतबाट डेब्यू गरेका छन् । नेपालमा सायदै गजलसङ्ग्रहलाई गीतमार्फत बजारमा ल्याउने सुब्बा टप-१० भित्र पर्दछन् ।

लुकेको रहरमा ९ वोटा गजल गीतहरू रहेका छन् । मायाप्रीति, मिलन, विछोड, दुःख-सुख उनका गजल गीतका प्रमुख स्रोत हुन् । तिमीलाई माया, जाली माया, साक्षी छैन, दुइदिनको चोला, मेरो एउटा घर, मेरा सबै रहर, त्यो मृत्युको आभास, देउरालीमा बरपिपल, कति सुनका कुरा गजल गीतहरू रहेका छन् ।

एल्बम्का ९ वोटा गीतहरू मध्ये तिमीलाई माया गर्दा बोलको गीतबाट आफ्नो बिगतका दिनहरूको याद हायाँ बनी आउने भएकोले आफैलाई असाध्यै मन पर्ने बताए । उनको शैलीमा ‘यो गीतमा मेरो भावना, माया र मर्महरू पोखिएको छ त्यहाँ जीवन छ, जहाँ म नीरस जीवन बिताउन बाध्य भएको हुन्छु, उनको यादले थोरै भए पनि साइनो जोडिदिएको हुन्छ ।’

ताप्लेजुङको हाङपाङमा जन्मिएका सुब्बाको कर्मथलोको रूपमा भने विराटनगर-६ स्थित शान्तिचोकलाई बनाएका छन् । उनले गजल गीत मात्र नभई निबन्धसङ्ग्रह, कवितासङ्ग्रह, देशभक्ति एल्बम् र अन्तर्वार्ता भिडियोहरू निकालेर आफूलाई चिनाइसकेका उनी स्थापित साहित्यकार हुन् । माया प्रेम, मिलन विछोड र सुख-दुःखलाई पारङ्गत तवरबाट आफ्नो प्रस्तुति दिएका गजलकार सुब्बाको जीवन्तता सिर्जना गर्न सकेका छन् । तीनदशकदेखि पेशामा आबद्ध रहेका सुब्बा ४ दशकको हाराहारीमा आफ्नो साहित्यक्षेत्रमा बिताएको अनुभव साटासाट गर्छन् । ‘मैले पेशाभन्दा बढी साहित्य क्षेत्रमा बिताएको छु, चारदशक मेरो जीवनको सिर्जनारू गजलमा सिंचित गरेको छु’ उनले औजारलाई भने ।

बिभिन्न पुरस्कार र सम्मान ग्रहण गरिसकेका सुब्बा २०६४ सालमा पहिलो अनलाईन विश्व वेभक्याम कविता प्रतियोगितामा प्रथम भएका थिए । यसैगरि पल्लव साहित्य सम्मान, बबरसिंह थापा सम्मान, जयन्द्र प्रसाइ साहित्य सम्मान, मोहन रेग्मी स्मृति वाणी पुरस्कारहरू ग्रहण गरिसकेका छन् । नेपालका चर्चित साहित्यकार लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, भूपी सेरचन र मञ्जुलको नाम लिन रूचाउने साहित्यकार जीवनको उत्तरार्द्धसम्म पनि कलम नबिसाउने सर्तमा छन् । ‘जीवनलाई नजिकबाट हेर्ने साहित्यकारहरू मेरो जीवका प्रेरणा हुन्’, उनले भने ‘जीवनको उत्तरार्द्धसम्म पनि मेरा कलमहरू साहित्यको बाटोमा नै दौडिरहने छ ।’

उनले प्रकाशित गरेका प्रतिबिम्व, देशको माया, बीच बाटोमा ब्यूँझेर, मनको मझेरी, जीवन मेरो शब्दकोशमा र सहिदहरूलाई सलाम -प्रकाशोन्मुख) कृतिहरू रहेको उनले उल्लेख गरे । संस्मरणात्मक निबन्धमा अब्बल मानिने सुब्बा साहित्यको रस, बिम्व, भावको संयोजन रहेमा साहित्यिक कृतिहरू उत्कृष्ट हुने बताउँछन् । अबका दिनमा गजलमा पनि त्यस्ता किसिमका मिसावट भएमा साँच्चै नै नेपालको गजलले विश्व गजललाई चिर्न सक्ने भनाई उद्धृत गर्छन् । ‘हाम्रा गजलहरूमा पनि अन्यका गजलहरूझैं भावना, रस, बिम्वहरू रहेमा उत्कृष्ट नहुने कुरै छैन’ अन्य देशको गजललाई तुलना गर्दै उनले भने ।

औजार, वर्ष६, अंक २०६, पूर्णाङ्क १४९७, पृ.३, माघ २९, २०६७

ओठ, खुशी र कविता
गीता ढकालले लिनु भएको अन्तर्वार्ता

Leave a Comment