विराटनगर उपमहानगरपालिकाको सभाहल क्रमसः भरिंदै गइरहेको छ । सबैको चासोको विषय बनिरहेका छन् जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रशासक नवराज सुब्बा । आगन्तुकहरूका आँखामा उनी परिरहेका छन् । हुन त उनी अपरिचित भने होइनन् । गाउँगाउँमा उनको खुबै चर्चा हुने गरेको छ सफल जनस्वास्थ्य प्रशासकको रूपमा । तर उनको परिचय त्यतिमा मात्र सीमित छैन उनी कवि र गीतकारसंगै अग्रज साहित्यकारको समेत भूमिका र सम्मानमा रहेका छन् ।
उनै साहित्यकार तथा गीतकार सुब्बाले आफ्नो गजल एल्वम सार्वजनिक तथा साहित्यिक-सांगीतिक कार्यक्रमको आयोजना भइरहेको थियो । शनिवारको जागिरको फुर्सदको समयलाई सदुपयोग गर्दै र नवराज सुब्बा गीत, कविता र निबन्धकारबाट गजलकार बन्दै थिए । अन्ततः उनले थुप्रै दर्शक तथा श्रोतको भीडमा चाँदनी फिल्मस्को निर्माणमा आफ्नो गजल एल्वम र्सार्वजनिक गरे निर्देशक केशव रायमाझीसंगै ।
साहित्यकार नवराज सुब्बाको साहित्यिक तथा सांगीतिक नाम दिइएको कार्यक्रममा उनले गजल एल्वमको मात्र सार्वजनिक गरेनन् । उनले आफ्ना केही कविताहरू पनि वाचन गर्न भ्याए । उनको एकल कार्यक्रम भएकाले एक्लै यी पहिलो अनलाइन विश्व कविता प्रतियोगिताका विजेता सुब्बाले कार्यक्रममा उनले स्वागत गर्ने क्रममा देशको लागि मर्ने सहिदलाई सलाम कविता वाचन गरेका थिए भने उनले आफूले खिचेका दर्दनाक र जीवन चिन्ने फोटाहरूको प्रदर्शनहरूका क्रममा वृद्धहरूको पीडा बोल्ने कविता ‘पुराना जुत्ताहरू’ वाचन गरेका थिए । त्यस्तै ‘लुकेको रहर’ गजल एल्वम भित्रको ‘जाली माया’ भिज्युवलको विमोचनको क्रममा ‘ओठ, खुशी र कविता’ शिर्षको कवितावाचनसंगै जाली मायाको श्रव्य-दृष्य भिज्युवल प्रदर्शन गरिएको थियो ।
‘लुकेको रहर’ एल्वममा नवराज सुब्बाको शब्द, शक्ति बल्लभको संगीत र नरेन्द्र प्यासी, जगदिश समाल, सुरेश मानन्धर, अन्जु पन्त, शिशिर योगी, सुमित खड्का, स्वरुपराज आचार्य, माण्डवी त्रिपाठी र भीम चापागाइँको स्वर रहेका छन् ।
यस अवसरमा म्यूजिक भिडियोका कलाकारहरू राजेन्द्र थपलिया, लक्ष्मी बोहोरा, श्याम कार्की, कामेश्वर झा लगायतको उपस्थिति रहेको थियो भने साहित्यकारहरू डा. बिमला श्रेष्ठ, गंगा सुबेदीको पनि उपस्थिति रहेको थियो । सुब्बाका एल्वममा साहित्यकारहरू खेम नेपाली र विवश पोखरेलले टिप्पणी गर्नु भएको थियो ।
साभार- दर्शन दैनिक, मनोरंजन, वर्ष९, अंक १५७, पृ. ४, मिति २०६७/१२/१३ आइतवार ।
'जाली माया' प्रदर्शन र कवितावाचन
Media is an essential part of Leprosy elimination campaign (Nawaraj Subba)

Discussion

Leave a Comment