मृतक साहित्य

मृतक साहित्य

Dr. Nawaraj Subba

मिश्रमा पहिलो पटक मृतक साहित्य देखा पर्यो । आत्माको अमरता, पुनर्जन्म, एकेश्वरवादको जन्म सर्वप्रथम मिश्रमा भयो । मृत्युपछि शवलाई गाड्ने परम्परा भएका धर्ममा मानिसलाई मृत्युपछि पनि भौतिक शरीरलाई झैं सामग्री चाहिने मानेर ती सागग्री तथा राजाको हकमा नोकरचाकर मारेर समेत समाधिस्त गरिने गरिन्थ्यो । हिन्दू धर्म दर्शनमा शरीर र आत्मा छुटिए पछि मृत्यु हुन्छ । त्यसपछि शरीरको महत्व हुँदैन, यसलाई सही ढंगले विसर्जन गर्नुपर्दछ भन्ने मत पाइन्छ । हिन्दू धर्म दर्शनले शवको सही अन्त्येष्टी पछि मात्र आत्माले शान्ति पाउने कुरामा विश्वास राख्तछ ।

मेरो विचारमा, दुवै मतहरूमा आत्मालाई उत्तिकै महत्व दिइएता पनि शरीरको भौतिक पक्ष र भावना पक्षमा भने शव गाड्नेहरू नै बढी संवेदनशील देखिन्छन् । मिश्रको पिरामिड, ताजमलहल यसका उदाहरण हुन् । सबै धर्महरूले पितृलाई सम्झना र सम्मान गरेका छन् ।

मिश्रको सभ्यता आजभन्दा १०,००० वर्ष पुरानो सभ्यता मानिन्छ । इतिहासमा यो सबैभन्दा पुरानो सभ्यता हो । मुख्यतः हिन्दू धर्म बाहेक धेरै धर्महरूमा शवलाई गाड्ने प्रचलन चलिआएको छ । तर शहरीकरण, हिन्दूकरण, जनसंख्याको चाप, भूभागको कमी, जनसंख्याको बसाईसराई, मिश्रित जनसंख्या बनौट आदि कारणले गर्दा हाल अन्य धर्मावलम्बीहरूले पनि शवलाई चितामा जलाउन थालेको देखिन्छ ।

सन्दर्भ सामग्री :
माया प्रसाद काफ्ले, विश्वको इतिहास, काठमाडौं : त्रि.वि.वि. पा.वि.केन्द्र, २०४० ।
डा. प्रेम कुमार खत्री, नेपाली समाज र संस्कृति, काठमाडौं : साझा प्रकाशन, २०४४ ।

Comments are closed.