नवराज सर
कविता लेख्न कसैले लाएको छैन मलाई कर
म उत्सुक छु हजुरलाई भेट्न नवराज सर ।
हजुर हुनुहुन्छ जनस्वास्थ्य प्रशासक
दिनुहुन्छ सबै कर्मचारीलाई उनीहरुको हक ।
धेरे जनाको भीडमा मैले हजुरलाई चिनें
साहित्यलाई हजुरले रूचीको रूपमा लिनें ।
हजुरका बारेमा मैले धेरैजनाबाट सुनें
हजुरका कविताहरू छन् मन छुनें ।
ठग फटाहादेखि हजुर परपर सर्ने
गरिब अपाङ्गहरूलाई हजुरले धेरै माया गर्ने ।
हजुरका गीतह– मिडिया मार्फत् धेरै ठाउँमा गएको छ
साहित्यको क्षेत्रमा हजुरले धेरै नाम कमाउनु भएको छ ।
कविता लेख्न भनि शब्दकोशबाट शब्दहरू झिकें
हजुरबाट मैले धेरै कुराहरू सिकें ।
यस कवितामा मेरा शब्दहरू छन् ओतप्रोत
हजुर हुनुहुन्छ धेरै मानिसहरूको प्रेरणाको श्रोत ।
अहिले म केवल एक विद्यार्थी हुँ
हजुरबाट मैले धेरै आशा लिएको छु ।
म भित्र रहेको प्रतिभालाई खोजि दिनुस्
साहित्यका बारेमा मलाई ज्ञान दिनुस् ।
त्यति गरे पछि मात्र म एक कवियत्री हुन्छु
अनि आफ्ना कविताहरूले श्रोताहरूको मन छुन्छु ।
करिश्मा कोइराला
विराटनगर– ११, अमरटोल
UNV College (BBS II Year)

एकजना विद्यार्थीले लेखेको पत्र हो यो । पत्र अफिसियल होला भनेर खोल्दा त साहित्यिक महत्वको एक दुर्लभ पत्र पो रहेछ । यी विद्यार्थी बहिनी मेरै कार्यालयका सहकर्मी स्टाफकि छोरी हुन् । धेरै अघिदेखि मलाई भेटेर कविता देखाउने सुनाउने मन छ भनेर खबर आएको पनि थियो । हिजो एउटा पत्र नै आयो । जे होस् यी र यस्ता भविश्यका कवि कवियत्रीहरुलाई आज उकेरा लगाउने जस्तो महत्वपूर्ण जिम्मेवारी पनि मेरो काँधमा भएको आत्मबोध गर्दैछु । धन्यवाद ।

 

नवराजको थप कृति बजारमा (कृतिसमीक्षा) - हिंडपाली साइँलो
मृतक सबिना कोइरालाको मृत्युको घटना सम्बन्धमा गठित छानबिन समितिको प्रतिबेदन २०६९ को सारांश

Leave a Comment