Marijuana brings no prosperity for the country

गाँजा खेतीले देशमा समृद्धि कदापि आउँदैन !

– डा. नवराज सुब्बा

आजकल नेपालमा केही गैरसरकारी संस्थाले सांसदलाई समेत प्रभावित पारेर गाँजा खेती गरेर देशलाई समृद्ध बनाउने भ्रामक खेतीमा देशलाई धेकेल्दै छन् । गाँजा नशालु दुर्व्यशनकारक वस्तु हो । भलै शिवरात्रीमा यसको प्रयोग हुन्छ, यसको औषधीय गुण आयुर्वेदमा ग्राह्य मानिन्छ तर खेती गरेर देशलाई समृद्ध बनाउँछु भन्नु मानिसलाई विदेशमा बेचेर रेमिटेन्सले देश धनि बनाउँछु भन्ने विदेशी चालकै एक रुप हो । आज धनि देशले गरिव देशको साधनस्रोतलाई युद्ध नगरी यी यस्तै हत्कण्डा अपनाएर त्यहाँका मानिसलाई प्रभावित पारेर हात पार्ने गर्दछन् ।

भारतमा हाल फिल्मी नायक सुशान्त सिं राजपुतको आत्महत्या घटना उनकै प्रेमिकाको लागुपदार्थ प्रयोगसित गाँसिएको देखिएको सिबिआईको अनुसन्धानबाट खुल्दैछ । लागुपदार्थ, नशालुपदार्थ, मादकपदार्थ, सुर्तिजन्य पदार्थ सेवन यी यस्तै अपराध घटना, घरेलु हिंसासित गाँसिएर आउँछन् । सडक दुर्घटना, हत्या अपराध सित जोडिन्छन् । लागुपदार्थ, सूर्तिजन्य पदार्थ, नशालु पदार्थले जीवनलाई जोखिमपूर्ण स्थितिमा धकेल्छ भन्ने कुरा अध्ययन अनुसन्धानले पुष्टि गरेको छ ।

हाल अन्तर्राष्ट्रिय व्यापारी समूहले गरिब मुलुकलाई दुरुपयोग गरेर विभिन्न प्रलोभनमा पारेर गाँजा खेती, अफिम खेती गरेमा खरिद गरिदिने र यसले देशको समृद्धि आउने लालच देखाएर प्रभावमा पार्दछन् । गाँजा खेती गरेपछि यसमा लाग्ने परिवारका सयमध्ये पाँच जनाले लतमा फसे भने यसले देशलाई दूरगामी प्रभाव पार्दछ । त्यसबाट हुने व्यापारको फाइदाले कहिल्यै क्षतिपूर्ति नहुने नोक्सानी देशले भोग्नु पर्नेछ । Continue reading Marijuana brings no prosperity for the country

मत्स्यदेश मदेश आजको मधेश

– डा. नवराज सुब्बा

विषय–प्रवेश
मधेश शब्दलाई नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित शब्दकोशले परिभाषित गरेको छ । १. अग्लो होचो र डाँडाकाँडा नभएको एकदम समथर भूमि, तराई, मधेश । २. हिमालदेखि दक्षिण, विन्ध्य पर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व प्रयागदेखि पश्चिमपट्टि पर्ने समथर भूभागको पुरानो नाउँ, मध्यप्रदेश (Nepal Academy, 2020) । नामको शब्दार्थ रहेको शब्दकोशले मधेश भनेको एक हिन्दू देवता बताएको छ (hamriweb, 2010)। अर्को एक नामावली शब्दकोशले मधेश अर्थ महादेव शिव भनेर प्रष्ट पारेको छ (Babynology, 2020)।

अध्ययनको औचित्य
माथिको परिभाषाले के साँच्चै स्थान नामाकरणका आधार समातेको छ त ? मधेशको हिन्दू देवता जनाउने शब्दार्थ मानिसको नामको रुपमा प्रयोग भएको देखिन्छ । सामान्यतयाः मधेश शब्दले भूगोललाई चिनाउँने हुँदा मध्यप्रदेश (हिमालयपर्वत र विन्ध्यपर्वत बीच) भनेर इङ्गित गर्ने गर्दछ । यी दुई पर्वतबीच पर्ने विशाल भूभागलाई मधेश (मध्यप्रदेश) भनेर चिनाएको छ । दुई पर्वतबीचको समथर भूभाग आज नेपालमा केवल २०–२५ किलोमीटर चौडाइ रहेको तर भारतमा हजारौं किलोमीटर भूभाग पर्दछ । परिभाषाले नेपाल र भारत मध्ये कुन क्षेत्रको भूभाग भनेर नभनेकाले विन्ध्यसम्मको समथर भूभाग सबै मधेश मान्नुपर्ने हुन्छ । तर भारतीय प्राचीन साहित्य र प्रचलनमा विन्ध्यपर्वत उत्तरी समथर भारतीय भूभागमा कतै मधेश शब्दको प्रयोग देखिदैन । यो परिभाषाले मानिसलाई गाउँखाने कथाले झैं अल्मल्याइदिएको छ । जसको अर्थ स्वयम् कथाकारलाई मात्र थाहा हुन्छ वा उसले मात्र ब्याख्या गरिदिन सक्छ । तर देशको भूगोलको परिभाषा गरिंदा यसरी अल्मलिने ब्याख्या गराइले सधैं मानिसको जिज्ञाशा शान्त हुँदैन ।

तर्क–वितर्क
माथि प्रज्ञा प्रतिष्ठानको परिभाषा गराइले पहाडलाई परिभाषा गर्नुपरेमा हिमालय पर्वत, बिन्ध्याचलपर्वत, कुरु र प्रयागबीच पर्ने उबडखाबड परेको अग्लोहोचो नदीनाला भएको मध्यप्रदेश भन्ने बाटो खुल्ला गरेको छ । यो परिभाषाले वास्तविक पहाडको परिभाषा दिन सक्दैन । किनभने पहाडभित्र धेरै पहाड छन् जसले स्थानीय बोली र विशेषता बोकेर उभेका हुन्छन् ।

मानिसको नाम, कुनै स्थानको नाम स्थानीय बोली, घटना, विशेषता आदिबाट व्युत्पन्न हुने गर्दछन् । अर्थात् कुनै स्थानको नामपछि नाता खोज्दै जाँदा स्थानीय जातीयता, स्थानको विशेषता, आदिवासी भाषा, संस्कृति आदिको गन्ध आउँछ । नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशाले गरेको परिभाषामा न आदिवासी जातीयताको गन्ध छ, न प्राचीनताको मौलिक नाता छ, न त स्थानलाई एकिन गरी देखाइएको नै छ । यो परिभाषा गोलमटोल उत्तर जस्तो, कुनै कुटनीतिक जवाफ जस्तो मात्र छ । जसरी विराट राजाको नामबाट विराटनगर रह्यो, मावाराङको नामबाट मोरङ रह्यो, जसरी रंगोली अपभ्रंश भएर रंगेली भयो, म्हेच्छबाट मेच, मेचे, मेची भयो उसैगरी भोट–बर्मेली भाषा को (जसको अर्थ नदी) ध्वनिबाट तिब्बतमा मूल भएको नदीको नाम कोशी रहन गयो (Pande,1986) जसलाई पछि संस्कृति साहित्यले कौशिक ऋषिसित जोडे पनि आदिवासी, स्थानीयताको नाता जेठो मानिन्छ । यसरी मधेश क्षेत्रमा रहेका विभिन्न स्थानको नामाकरण त्यहाँका आदिवासी भाषा, संस्कृति र पहिचानबाट निःसृत हुने अनि सिङ्गो भूभाग जनाउन धार्मिक महिमायुक्त दूरका दुई उच्च हिमाल उभ्याउनु भनेको टाठाबाठाले सोझासाझालाई अल्मल्याए झैं दुनियाँ अल्मल्याउने काम हो जसलाई अब सच्याउन जरुरी छ । Continue reading मत्स्यदेश मदेश आजको मधेश

कोरोना कोभिड-१९ महामारीको मनोवैज्ञानिक असर र प्रभाव

– डा. नवराज सुब्बा

महामारी, विपद आइपर्दा मानिसमा असामान्य व्यवहार देखिन्छ । शारीरिक र मानसिक दुवै अवस्था प्रभावित हुन्छन् । यो बढी नकारात्मक नै हुन्छ । मानसिक हिसाबले मानिस आफूकेन्द्रीत परिवारकेन्द्रीत हुन्छन् । यस विषयमा स्ट्रङ (१९९०) ले महामारी मनोविज्ञानबारे अध्ययन र चर्चा गरेका छन् । उनले महामारीमा उत्पन्न हुने खतरनाक विश्वव्यापी विकृति भेदभाव (स्टिग्मा) लाई औंल्याएका छन् ।

विश्वव्यापी महामारी एचआईभी एड्स, ईबोला आदिको अध्ययनक्रममा उनले मानिस यसबेला एउटा जटिल मनोवैज्ञानिक प्रक्रियामा गुज्रन्छ । पहिलो अवस्था, मानिसले सामना गर्ने वस्तु हो– डर । मानिस सूचना सुनेर, देखेर वा भोगेर डराउँछ । दोस्रो अवस्था, मानिस रोग वा त्रासबारे अनेक ब्याख्या गर्नु, अर्ति–उपदेश दिन थाल्नु । मानिसले यसबेला भौतिक, आध्यात्मिक दृष्टिले विषयको खोजी र ब्याख्या गर्न थाल्दछ । र तेस्रो अवस्था हो, महामारीको व्यवस्थापन गर्नु ।

यी तीनचरणहरु क्रमसः वा एकसाथ उपस्थित भएको अवस्था भोग्न आज देश, प्रदेश र नगर बाध्य छ । गलत तरिका अवलम्बन, कार्यमा तार्किकताको अभाव, गलत सूचना प्रवाह, भयपूर्ण सूनचा सम्प्रेषण, भेदभावपूर्ण व्यवहार, बहिस्कार, अलग्याउने संस्कार, मानिस तथा स्रोत साधनको दुरुपयोग, रोगउत्पत्तिबारे अनर्गल सिद्धान्त निर्माण वा वकालत र आध्यात्मिक व्याख्या समेतले महामारीमा मानिसको चिन्ता थप जटिल बन्दछ भनेर वेबर र गोल्डमेयर (१९८३) ले भनेका छन् ।

कोभिड महामारीमा चीनमा गरिएको एक अध्ययनमा मानिसमा सामाजिक मनोवैज्ञानिक असर बढेको र यसको प्रभाव लामो रहने देखाएको छ । चिन्ता, डिप्रेसन, आत्महत्या जस्ता मानसिक स्वास्थ्य स्थितिमा बृद्धि भएर समाजलाई नै अपाङ्ग बनाउन सक्ने खतरा संकेत गरेको छ । बढी चिन्तित हुनेमा युवासमूह उल्लेख्य भएकाले यो गम्भीर स्थिति उत्पन्न भएको हो ।

नेपालमा गरिएको अध्ययनले पनि स्वास्थ्यकर्मीको संक्रमण दर पनि बढ्दै गएको र उनीहरुमा समेत मानसिक रोगसम्बन्धी समस्या जस्तै चिन्ता, डिप्रेसन दर बढेको देखाएको छ । हिजोसम्म यी अध्ययन कागजमा बोल्दथे तर आज घरघरमा सडक गल्लीमा बोल्न थालेका छन् ।

गीतियात्रा संक्षिप्त आत्मसमीक्षा

– डा. नवराज सुब्बा

चारदशक लामो सांगीतिक यात्रामा ६ एल्बम निकालेपछि मलाई केही समय सोच्न आत्मसमीक्षा, आत्ममूल्यांकन गर्न मन लाग्यो । चालीसवर्ष पछाडि फर्केर हेर्दा मैले मेरा सांगीतिक भावनालाई रचनाको रुपमा औंला भाँचेर गन्नुपर्दा ६ थान एल्बम् र तीन पुस्तकमा स्वरबद्ध तथा लिपिवद्ध गरेंछु । जीवन मेरो शब्दकोशमा कवितासंग्रह (२०६३), देशको माया देशभक्ति एल्बम (२०६३), सहिदलाई सलाम गीतसंग्रह (२०६७), लुकेको रहर गजल एल्बम (२०६७), अमूल्य जीवन आधुनिक गीत एल्बम् (२०६८), हामी पहिले नेपाली देशभक्ति गीत एल्बम्, हिमालैमा हिउँ लोकगीत एल्बम् (२०७०), बहारसंग आधुनिक गीत एल्बम् (२०७२) र मन र माटो गीतसंग्रह (२०७३) मा मेरा सांगीतिक सिर्जना पाठक वा श्रोतामा पस्केको छु ।

मैले करिव २०३० सालतिर पहिलो गीत कथेर सरमग सिक्दै संगीत क्षेत्रमा प्रवेश गर्दा यो क्षेत्र जति रोमाञ्चक लाग्दथ्यो फर्किहेर्दा त्यो सोचेजस्तो रहेन । आरम्भमा मेरो ठूलो लक्ष्य पनि थिएन केवल एकदिन म पनि रेडियोमा गीत गाउँछु भन्ने चाहनासम्म थियो । त्यो धोको मेरो पूरा भयो । अलि पछि पलाएको चाहना थियो केही सुन्दर सौगात गीतसंगीत जगतलाई दिने तर त्यो चाहना भने अझै पूरा गर्न सकिन ।

ताप्लेजुङ जस्तो दुर्गम जिल्लाबाट त्यसबेला काठमाडौं जानु चानचुने अवस्था थिएन । धेरै बाधा व्यवधान नाघेर घरपरिवारको ठूलो सपनाको भार बोकेर चिकित्साशास्त्र जस्तो कठिन विषय अध्ययन गर्न २०३४ सालमा म काठमाडौं गएको थिएँ । गीतसंगीतमा लाग्ने समय मसित थिएन । तापनि मनमा सल्केको सांगीतिक चाहनाको आगो निभाउन बेलाबेला रेडियो नेपालको प्राङ्गणमा प्रवेश गरें । २०३६ सालतिर रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा भाग लिएँ आफ्नो शब्द रचना प्रेम भट्टचनको संगीतमा गाएँ । Continue reading गीतियात्रा संक्षिप्त आत्मसमीक्षा

Researcher & Writer