प्रशंसापत्र

यहाँ सधैं उही
जूनको फेदमा
अँध्यारो चिसो रात
बिछ्याएर बस्ने हामी किरण
खै किन हीरा जस्तो चम्केनौं
बत्तीको फेदमा
अँध्यारो दुर्भाग्य पोखिएका
यत्रतत्र छरिएका हामी छाया
कोही दियोझैं किन सल्केनौं ! Continue reading प्रशंसापत्र

आत्मसन्तुष्टीको अनुभूति

जीवनकालमा आफ्नै रचनाले अरु कसैको मन जितेको देख्नु वा सुन्नु पाउनु अथवा अनुभूत गर्न पाउनु भन्दा सुन्दर उपलब्धि अरु केही छैन ।

आजकल हङकङमा राष्ट्रिय गीत गायक सुमित खड्का ‘हामी पहिले नेपाली’ गीति एल्बम हङकङमा बसोबास गर्ने नेपाली माझ सार्वजनिक गर्दै हुनुहुन्छ । हङकङ नपाली महासंघको संयोजनमा उक्त एल्बम हङकङमा पनि सार्वजनिक गरिने र हङकङ नेपाली महासंघको अफिसियल गीत पनि लोकार्पण गर्ने कार्यक्रमहरु तय गरिएका छन् । संगीतकार शक्ति बल्लभ, गायक सुमित खड्का र गीतकार म आज यस घडिमा हामी एकअर्कालाई धन्य ठान्दछौं । गायक खड्काका अनुसार उक्त गीतहरु हङकङका श्रोताहरुले पनि मन पराइएको प्रतिक्रिया मलाई बारम्बार अवगत गराउँदै हुनुहुन्छ र भरखरै पनि च्याटिङबाट अपडेट गराउनु भयो । धन्यवाद । Continue reading आत्मसन्तुष्टीको अनुभूति

“Service is the rent we pay for living.” Marion Wright Eddelman

मंसिर २०, २०६९ विराटनगर । नवौं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा विराटनगर उपमहानगरपालिकामा कार्यरत उत्कृष्ट महिला स्वयंसेविकाहरुलाई आज वीरेन्द्र शभागृहमा आयोजित एक समारोहमा सम्मानित गरियो ।

विराटनगर उपमहानगरपालिकाका प्रमुख श्री गोपालप्रसाद रेग्मी र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखले उत्कृष्ट महिला स्वयंसेविकाहरुलाई नगद र प्रशंसापत्र प्रदान गरे । निस्वार्थ, स्वस्फूर्त आउने स्वयंसेवा प्रार्थनीय छ, यस्ता स्वयंसेवकहरुलाई सम्मान गरौं । … May our actions make us proud.” H. Brown

 

Interaction on Health Care Services

मंसिर १८, २०६९ विराटनगर । अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजनामा नागरिकको स्वास्थ्य अधिकारमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा स्वास्थ्य नीति र कार्यान्वयन स्थिति विषयमा कार्यपत्र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख नवराज सुब्बाले प्रस्तुत गरे पछि जिल्लाका स्वास्थ्य सम्बन्धी विविध सवालहरुमा गहन छलफल तथा अन्तरक्रिया भयो ।

जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा दुई घण्टा तय गरिएको उक्त कार्यक्रम साढे तीन घण्टाभन्दा लामो भएको थियो । इन्सेकका क्षेत्रिय संयोजक श्री सोमराज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री तारानाथ गौतम, इन्सेकका अध्यक्ष श्री सुबोध प्याकुरेल, मानव अधिकार आयोगका क्षेत्रिय कार्यालयका प्रमुख श्री कोषराज न्यौपाने, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा तथा संचारकर्मीको उपस्थिति रहेको थियो ।

Author and Researcher