सप्तकाशी एफ. एम. द्वारा असोज ७ गते २०६७ विराटनगरमा ‘पूर्वेली सवाल’ अन्तर्गत ‘औषधीमा भइरहेको ठगी कसरी हटाउने -‘ भन्ने सवालमा अन्तरक्रिया आयोजना गरियो । औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगरका प्रमुख गणेश तामाङ, औषधी व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव कुमार खतिवडा, पब्लिक फोरमका अधयक्ष उत्तम ढुंगेल र दर्शकदीर्घाको अघिल्तिर जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक नवराज सुब्बा लगायतको उपस्थितिमा करिव डेढघण्टा लामो तातो बहस भयो । मोरङ जिल्लाको कर्मचारी मिलन केन्द्र सहिद मैदानमा सम्पन्न भएको अन्तरक्रियमा सहभागीहरूले आ-आफ्नो विचार ब्यक्त गर्दै समस्या पहिचान, विश्लेषण र समाधानका उपायहरुका बारेमा महत्वपूर्ण कुरा गरे । औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगरका प्रमुख, औषधी व्यवसायी, उपभोक्ता मञ्च तथा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखले आ-आफ्नो क्षेत्रबाट गर्नपर्ने पहल र प्रतिबद्धता ब्यक्त गरे । आज अर्थात् असोज ९ गते बिहान ८.१० देखि ९ बजेसम्म प्रसारित कार्यक्रमको रेकर्ड पनि अपलोड गरेर राखेको छु । सुन्न इच्छुकलाई स्वागत छ । तर प्राविधिक कारणले आवाजको स्तर अलि निम्न भएकोमा क्षमाप्रार्थी छु । सप्तकोशी एफ.एम., लिलाराज भट्टर्राई, भैरव आङला, सुमन पुरी, अनुप कार्कीज्यूहरुलाई धन्यवाद ।

Listen audio>>> Purbeli Aawaz

कोपिलामा लागेका युद्धका घाउहरू (नवराज सुब्बा)
An orientation on food hygiene to hotel owners

Leave a Comment