२४ चैत्र २०६६ केरौन मोरङ । युवाहरुको सक्रियतामा केरौन-१ मा स्थानीय अग्निपीडितलाई आर्थिक सहयोग, रक्तदान र गाउँघर क्लिनिकको उद्घाटन कार्यक्रम सम्पन्न भयो ।  

केरौन जहदामा हालै आगलागीबाट पीडित खड्गमाया गुरुङ र छत्रमाया बिसुङ्खेलाई नवप्रगतिशील समाजसेवा क्लबले संकलन गरेको नगद रु १२ हजार रुपैया आज आयोजित समारोहमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवराज सुब्बाले अग्निपीडितहरुलाई हस्तान्तरण गरे । क्लबका अध्यक्ष भूपाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी सुब्बाले गाउँघर क्लिनिकको पनि उद्घाटन गर्दै क्लिनिकलाई आवश्य पर्ने औषधी निःशुल्क रुपमा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा पूर्व गा.वि.स. अध्यक्ष भेषराज रिजाल, वन उपभोक्ता समितिका भोजकुमार र्राई लगायतले बोलेका थिए । उक्त अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सयजना भन्दा बढीले रक्तदान गरेका छन् ।

विराटनगरमा महिला स्वास्थ्य स्वयंसेविका भेला सम्पन्न
राष्ट्रिय खोप दिवस बालअधिकार

Leave a Comment