असोज ६, २०६७, मोरङ । मोरङको कटहरी गा.वि.स.मा द्वन्द्वप्रभावित बालबालिकाहरुलाई शैक्षिक सहयोग प्रदान गरिएको छ ।

कटहरी गा.वि.स. भवनमा आज आयोजित एक समारोहमा दातृनिकायहरुबाट प्राप्त कपी, झोला, जोमेट्री बक्स, कपडा र सिलार्इखर्च बापत रु एकशय रुपैयाका दरले ८ जना द्वन्द्वप्रभावित बालबालिकाहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवराज सुब्बाले प्रदान गरे । उक्त अवसरमा गा.वि.स. सचिव केदार गिरी, जनप्रिय माविका प्रधानाध्यापक वुद्धिनाथ ठाकुर, बिएनएमटीका मनोज खड्का, बालसमाजकी सीता पौडेल लगायतको उपस्थिति रहेको थियो ।

मोरङ जिल्लाका कटहरी, जाँते, याङ्सिला, मधुमल्ला, गोविन्दपुर, सिजुवा गरी ८ गा.वि.स.का जम्मा ४८ जना द्वन्द्वप्रभावित बालबालिकाहरुको लागि शैक्षिक सहयोग तथा व्यवसायिक तालिमको ब्यवस्था गरिएको छ । उक्त कार्यको लागि युरोपियन युनियन, ब्रिटेन नेपाल मेडिकल ट्रष्ट, बालसमाज नेपालको सहयोग गरेका छन् ।

स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समितिको समन्वयमा सरकारी तथा गैरसरकारीसंस्थाहरुसित सहकार्य गर्दै द्वन्द्वप्रभावित बालबालिकाहरुलाई सहयोग प्रदान गरिएको छ ।

एक प्रख्यात असंस्कार

जहाँ

हाइकु - नवराज सुब्बा
कोपिलामा लागेका युद्धका घाउहरू (नवराज सुब्बा)

Leave a Comment