Browsed by
Tag: Kirat Culture

पालाम् मार्फत् मानसरोवर तालको मुन्धुमी संकेत

पालाम् मार्फत् मानसरोवर तालको मुन्धुमी संकेत

डा. नवराज सुब्बा लिम्बू जातिको एउटा मौलिक लोकगीत परम्परालाई पालाम् भनिन्छ । धान पाकेपछि काटेर बालाबाट दानालाई झार्न नाचिने नाचबाट ‘धाननाच’ सुरू भएको जनश्रुति छ । यही धाननाचमा पछि पालामको विकास गरियो भन्ने लिम्बू जातिको जनविश्वास छ । पाःलाम् (बोल्+नु+बाटो/माध्यम) बाट पालाम शब्दको व्युत्पत्ति भएको मानिन्छ । जसको अर्थ हो मनको भावना अभिव्यक्त गर्नु । कवि वैरागी काईला पालामबारे भन्नुहुन्छ– अनेक प्रश्नोत्तर धाननाचको पालाममा गर्ने गरिन्छन् । पालाम् गाउँदा गरिने यस्ता प्रश्नोत्तरहरूले पालाम श्रुतिपरम्परा (मुन्धुम), ज्ञान, लिम्बू जातीय प्रचलन समेतलाई…

Read More Read More

कोशी बराहक्षेत्र साँबा लिम्बूको मुन्धुमी तुङदुङ्गे देवस्थल

कोशी बराहक्षेत्र साँबा लिम्बूको मुन्धुमी तुङदुङ्गे देवस्थल

डा. नवराज सुब्बा तुङदुङ्गे साम्माङ (देव) ‘लोक्वादो साम्बादो माङ’ वराहदेव कौकहदेव देवताका कान्छापुत्र हुन् । तुङदुङ्गे मुन्धुममा यिनै तुङदुङ्गे देवले आफ्ना पिता लोक्वादो साम्बादो माङसित अंश र शक्तिका लागि आशिर्वाद मागेका छन् । आफ्ना दाजुहरुले पिताबाट आशिर्वाद पाएर ओरालो लागिसकेकाले आफू अरुणक्षेत्रमा बीउबीजन बाँडि आउँदा केही ढिला भएकाले आफूले समेत पिताबाट आशिर्वाद याचना गर्दछन् । तुङदुङ्गे देवले कोशीबराह क्षेत्रदेखि क्रमसः धनकुटा, पाँचथर, तेह्रथूम, संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न भूभाग वा थूमको यात्रा विवरणकासाथ मुन्धुम अघि बढ्दछ । मुन्धुमबाट साँबाहरुका पुर्खा…

Read More Read More