Browsed by
Tag: Kirat History

मत्स्यदेश मदेश आजको मधेश

मत्स्यदेश मदेश आजको मधेश

– डा. नवराज सुब्बा विषय–प्रवेशमधेश शब्दलाई नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित शब्दकोशले परिभाषित गरेको छ । १. अग्लो होचो र डाँडाकाँडा नभएको एकदम समथर भूमि, तराई, मधेश । २. हिमालदेखि दक्षिण, विन्ध्य पर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व प्रयागदेखि पश्चिमपट्टि पर्ने समथर भूभागको पुरानो नाउँ, मध्यप्रदेश (Nepal Academy, 2020) । नामको शब्दार्थ रहेको शब्दकोशले मधेश भनेको एक हिन्दू देवता बताएको छ (hamriweb, 2010)। अर्को एक नामावली शब्दकोशले मधेश अर्थ महादेव शिव भनेर प्रष्ट पारेको छ (Babynology, 2020)। अध्ययनको औचित्यमाथिको परिभाषाले के साँच्चै स्थान…

Read More Read More

हाङपाङमा खुर्पेठ्याक गर्ने फयङहाङ साँबा

हाङपाङमा खुर्पेठ्याक गर्ने फयङहाङ साँबा

डा. नवराज सुब्बा ताप्लेजुङ जिल्लाको हाङपाङ बस्ने फयङहाङ साँबाको इतिहास तथा वंशावलीको अध्ययनको क्रममा अन्य साँबा तथा लिम्बूहरुको वंशावाली, तथा इतिहास उपयोगी सावित भएका छन् । प्राथमिक श्रोतको रुपमा आफ्नै र अरु थरका बूढापाका जान्नेबुझ्नेसित अन्तरवार्ता तथा भनाईमार्फत् सूचना संकलन गरिएका छन् । यसरी एक थरीको इतिहास अध्ययन गर्दा स्वतः अन्य थरी लिम्बूको पनि जानकारी प्राप्त हुने गर्दछ जसले घटना तथा तथ्यको सम्पुष्टि गर्दछ । फयङहाङ साँबाका जानकार टेकबहादुर फयङहाङ साँबा लिम्बू अनुसार बाजे पुस्ताका वही थेबा (तुम्याहाङ हिरीका चौथो…

Read More Read More

हाङपाङ गाउँको ऐतिहासिकता

हाङपाङ गाउँको ऐतिहासिकता

डा. नवराज सुब्बा भनिन्छ, हाङपाङ भनेको राजाको गाउँ हो । तर त्यो गाउँमा न कुनै राजाको दरवार छ न कुनै भग्नावशेष नै । यसैले यो नामाकरणमा धेरैले शंका, उपशंका गर्ने गर्दछन् । यही जिज्ञाशालाई शान्त पार्न एक ऐतिहासिक तथ्य अघि सार्दैछु । ताप्लेजुङ जिल्लामा पर्ने हाङपाङ गाउँको नामाकरण विजयपुरको किरातकालिन इतिहाससंग जोडिन पुग्दछ । यससम्बन्धी एक रोचक घटना इतिहासकार इमानसिंह चेमजोङले विजयपुरको किरातकालीन संक्षिप्त इतिहासमा बताउनु भएको छ । किराती राजा कामदत्त सेन (वि.स.१८१८–१८२६) को कार्यकालमा लिम्बूवानका एक आपुंगी राजा…

Read More Read More

किन फालिए तम्बरखोलामा जनैका ढाकर

किन फालिए तम्बरखोलामा जनैका ढाकर

डा. नवराज सुब्बा आदिवासी लिम्बू जाति प्राचीनकालदेखि आर्यसंग संसर्गमा रहेर पनि किन हिन्दू धर्मसित विकर्षित भयो भन्ने सवाल इतिहासले बेलाबेला उठाउँछ र जवाफ पनि इतिहासभित्रै खोज्न लगाउँछ । आर्य धर्मग्रन्थमा ‘किरात’ शब्द प्रयोग गरियो भनेर वर्तमानमा यो शब्दप्रति नै वितृष्णाको मनोविज्ञान एकथरीमा चलायमान छ । जबकि सिन्धुमा आर्य आउनअघि सिन्धुघाँटीमा अवस्थित महञ्जोदरो र हरप्पा सभ्यताका उत्खननमा शिवको चिन्ह पशु, त्रिशूल आदिको प्रयोग भएको प्रमाण फेला परेको छ (शास्त्री, वि.स. २०६४) । कालान्तरमा भगवान शिवको जीवन-दर्शन र अन्तरनिहित शक्ति देखेरअसुरदेव वा…

Read More Read More