Browsed by
Tag: Nepali Modern Songs

Gulaf

Gulaf

८. गुलाफ गुलाफको थूँगाभित्र, मायालुको बास्ना पाउँछु उड्ने मेरो मनभित्र, तिम्रो मात्र सपना देख्छु । सुकेका यी ओठहरू, गीत गाई रुझुँ भन्छ, चञ्चले यी आँखाहरू कतै गई अल्झुँ भन्छ । साँचेको छु मुटुभित्र, आई यहाँ बस्ने गर, सपनीमा आउने माया, बिपनी मैं आउने गर । (गीतकार/गायक : नवराज सुब्बा, सङ्गीतकार : प्रेम भट्टचन, एल्बम: अमूल्य जीवन) download 

Biwasta

Biwasta

७. विवशता विवशताले वाँधिएको मान्छेको जीवन पिजडाभित्र छट्पटीरहने मैनाझैं यो मन् । तिम्रो एक नजरले मनमा अनेकौ रहर जाग्छ लम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ । बिहानीको प्रतीक्षामा साँच्नै पर्यो जिन्दगी हजारौं दुःख लुकाएर बाँच्नै पर्यो जिन्दगी । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : सूर्य थुलुङ, एल्बम: अमूल्य जीवन, वि.स. २०३८ सालतिर रेडियो नेपालमा रेकर्ड गरिएको गीत) download

Sagar

Sagar

६. सागर सागरभन्दा गहिरो भयो हाम्रो माया सगर भई फैलियो चोखो हाम्रो माया । फूलमा बसी झुल्दछु जून जस्तै हाँस्दछ बग्दै जान्छ खोला भई दोभान पुगी मिल्दछ । दोमन हुन्छ कहिले बाटो भुलेझैं लाग्दछ बिर्सिन्छु म आफैलाई हराएँझैं लाग्दछ । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : साजन राई, एल्बम: अमूल्य जीवन) download

Simalako Bhuwa

Simalako Bhuwa

४. सिमलको भुवा सिमलको भुवासरी उड्छ मेरो मन खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान । मन पुग्छ रनवन सङ्गी डाक्दै होला वनपाखा झुत्ताझुत्तै काफल पाक्यो होला काटिएको चङ्गासरी उड्छ मेरो मन खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान । कुहिरोले बाटो ढाक्यो घाम–जून लुक्यो खोली पङ्ख उड्नु पर्ने बतासैले छेक्यो झरनाको पानीसरि झर्छ मेरो मन खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान । (गीतकार : नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : साजन राई, एल्बम: अमूल्य जीवन) download

Sodhna Mana

Sodhna Mana

३. सोध्न मन सोध्न मन लाग्छ प्रितम, भेट्न मन लाग्छ, नमिलेको प्रश्न एउटा, सोध्न मन लाग्छ । जिन्दगीको सुरु भन कहाँदेखि हुन्छ, संसार साँच्चै घुम्छभने भेट कैले हुन्छ । जत्ति हिडे पनि कतै, पाउँदिन म चौतारी, उकाली र ओरालीमा आउनु पर्ने द्यौराली । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : नरेन्द्र प्यासी, एल्बम: अमूल्य जीवन) download

Ae Bahar

Ae Bahar

२. ए बहार ! ए बहार ! तिमीसँग बोलूँ बोलूँ लाग्छ आँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ । कति कति बत्तिहरू बल्न नै सकेन जलेको यो मुटु भने निभ्न नै सकेन  । मनमा फुल्ने फूलहरू सजाउन सकिन वनमा रम्ने कोइलीझैं गाउन सकिन  । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : सुनिता लिम्बू, एल्बम: अमूल्य जीवन, वि.स. २०३० सालतिर रचित गीत रचनाकारको पहिलो गीतरचना ) download

Amulya Jiwan

Amulya Jiwan

१. दुर्व्यसनविरुद्ध गीत अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं मिलिजुली अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सकारात्मक सोंच राखौं सुन्दर भविष्य आफूलाई गर्नु पर्छ आफैद्वारा सहयोग । (गीतकार/सङ्गीतकार : नवराज सुब्बा, गायक : सुमित् खड्का, एल्बम: अमूल्य जीवन) download

Dashain Song

Dashain Song

एल्बम– बहारसंग ९ निधारमा टीका र जमरा थाप्छौं आशीर्वचन एकताको चाड दशैं मंगलमय शुभकामना । सयपत्री फूल फुल्यो रमाइलो भो आँगन बाआमाको आशिशसंगै उच्च भयो भावना परदेशी पनि घर फर्के रमाइलो भो जीवन एकताको चाड दशैं मंगलमय शुभकामना । राम्रो लाउने मीठो खाने पर्व दशैं हेर न मन सबका रमेका छन् जुटेका छन् खेल्न जीवनमा शक्ति भर्ने शान्ति दिने मनमा एकताको चाड दशैं मंगलमय शुभकामना । (शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग) download

New Year Song

New Year Song

एल्बम– बहारसंग ८ नववर्षको नौलो स्पर्श छ आज तन मनमा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । फूल पात डाली डुली जब गीत गाउछे चरी होस हराउँदै जोस पलाउँछ आज यो मनभरि फलोस् फुलोस् वैंश अब नबितोेस् बेकारमा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । तिमीसँग भेट हुने दिन कैले आउँला भनी यतिञ्जेल कुरें तिमीलाई दिन यो गनी गनी स्वस्थ, सुख, समुन्नति म लेख्छु तिम्रै नाममा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । (शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग) download

Mana Ra Maato

Mana Ra Maato

एल्बम– बहारसंग ७ मन र माटोको पवित्र यो नाता हाम्रो एकता हाम्रो सफलता हङकङ नेपाली महासंघ बसौं हामी मिलिजुलीसँग । आकाश हाम्रो यही धरतीमा बास कर्मले डोर्यायो हामीलाई प्रवास । सगरमाथा गौरव शिरमा राख्दछौं नेपाली पौरखलाई विश्वभरि छर्छौं । बुद्धभूमि, तपोभूमि, कर्मभूमिको मान वीर गोरखाली हामी पुर्खाको राख्छौ शान । (शब्द– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वर– सुमित खड्का, एल्बम– बहारसंग) download